MENU

मार्तडीमा पहिलो निजी वाणिज्य बैंक

635x90_1

अन्नपूर्ण बिहीबार, साउन २६, २०७४ 178 पटक पढिएको

Share This

635-X-85

काठमाडौं: एनआईसी एसिया बैंक लिमिटेडले ग्रामीण तथा दुर्गम जिल्लामा आफ्ना शाखा कार्यालय विस्तार गर्ने क्रममा बाजुराको सदरमुकाम मार्तडीमा शाखा सञ्चालनमा ल्याएको छ।

युकेएड एक्सेस टु फाइनान्स सक्षमसँगको सहकार्यमा बाजुराको सदरमुकाम मार्तडीमा वित्तीय पहुँच तथा सबलीकरणका लागि बैंकले पहिलो निजी वाणिज्य बैंकको रूपमा सेवा विस्तार गरेको हो। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा एनआईसी एसिया बैंक र युकेएड सक्षम एक्सेस टु फाइनान्स (सक्षम) बीच औपचारिक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।

जुलाई ६ मा उक्त शाखा कार्यालयको प्रारम्भिक उद्घाटन भएको थियो। शाखा सञ्चालनमा आएको पहिलो दिनमै बैंकले ३१ वटा निक्षेप खाता खोली नौ लाख ५० हजार निक्षेप संकलन गरेको थियो। सोही दिन कार्यक्रममा उपस्थित सबैले बैंकले देशको दुर्गम भेगमा समेत शाखा कार्यालय खोलेकोमा खुसी व्यक्त गरेका थिए। उक्त शाखाबाट बैंकले हालसम्म तीन सय २० वटा निक्षेप खातामा एक करोड ५५ लाख नौ हजार रुपैयाँ संकलन गरिसकेको छ।

बैंकले नयाँ शाखामार्फत वित्तीय पहुँच विस्तार गरेकोमा स्थानीय हर्षित छन्। प्रमुख अतिथि नारायणप्रसाद पौडेलले एनआईसी एसिया देशको अत्यन्त विकट जिल्लामा निजी लगानीमा शाखा खोल्ने बैंकमध्ये पहिलो वाणिज्य बैंक भएको उल्लेख गरे। उनले सहज वित्तीय सेवा विस्तार गर्ने आशा व्यक्त गरे। उनले यस्ता कार्य सरकारको प्राथमिकताभित्र पर्ने र यसबाट मार्तडीलगायत आसपासका ग्रामीण भेगका स्थानीय बैंकिङ सेवाबाट लाभान्वित हुने विश्वास प्रकट गरे।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2