MENU

‘नेपाली पैसा’लाई एमबिलियन्थ अवार्ड

635x90_1

अन्नपूर्ण बिहीबार, साउन २६, २०७४ 645 पटक पढिएको

Share This

635-X-85

काठमाडौं: नेपाली पैसा मोबाइल एपले दक्षिण एसियाकै उत्कृष्ट एमबिलियन्थ अवार्ड हात पारेको छ।

भारतको नयाँदिल्लीमा गत शुक्रबार डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सोर्स कोड प्रालिले बनाएको ‘नेपाली पैसा’ मोबाइल एप्लिकेसन सर्वोत्कृष्ट चुनिएको हो।
प्रतिस्पर्धामा दक्षिण एसियाली मुलुकबाट २ सय ९४ वटा सूचना प्रविधिसम्बन्धी कम्पनीले आवेदन दिएका थिए । त्यसमध्ये ६५ वटा कम्पनी अन्तिम छनोटमा परेका थिए, जसमा नेपाली पैसा एपले सूचना तथा मनोरञ्जन विधातर्फ आठौं एमबिलियन्थ अवार्ड हात पारेको हो । विभिन्न १० वटा विधामार्फत सहभागी कम्पनी अन्तिम छनोटमा परेका थिए । यस अवार्डले वित्तीय क्षेत्रसम्बन्धी मोबाइल प्रविधिमा आधारित काम गर्न थप हौसला मिलेको सोर्स कोडका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले बताए ।

अवार्डले सोर्स कोड र नेपाली पैसाको ब्रान्डिङमा थप सहयोग पुग्नुका साथै सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने नेपालीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्नसमेत सघाएको उनको भनाइ छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2