MENU

बङ्गलादेशको शाहजलाल विमानस्थलभित्र आगलागी

635x90_1

अन्नपूर्ण शुक्रवार, साउन २७, २०७४ 2621 पटक पढिएको

Share This

635-X-85

ढाका: बङ्गलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको एक भवनमा शुक्रबार भयानक आगलागी भएको अग्नी नियन्त्रण अधिकारीले जनाएका छन्।

विमानस्थलको मुख्य भवनको दोस्रो तलाबाट दिउसो १:३७ बजे आगलागी सरु भएको अग्नी नियन्त्रण कक्षका कर्मचारीले बताए।

आगलागीबारे समाचार दिने अख्तियारप्राप्त व्यक्ति नभएको जनाउदै आफ्नो नाम गोप्य राख्ने शर्तमा उनले आगलागी नियन्त्रण गर्न १० अग्नी नियन्त्रण एकाईबाट खटिएका अधिकारीले अनवरत काम गरिरहेका छन् । आगलागी समाचार तयार पार्ने समय शुक्रबार अपरान्ह्सम्म नियन्त्रणमा ल्याउन सकिएको छैन ।

आगलागीका कारण भवन वरपर रहेका सयौँ यात्रुहरू, विमानस्थलका कर्मचारी लगायतलाई विमानस्थलबाट सुरक्षितस्थलतर्फ सारिएको छ । घटनामा कसैको पनि मृत्यु भएको छैन । आगलागीमा कोही घाइते भएको सूचनासमेत पाप्त भएको छैन ।

आगलागी हुनुको कारण तत्काल पत्ता नलागेको बताइएको छ । घटनाबाट भएको क्षतिको बिस्तृत विवरण प्राप्त हुन सकेको छैन । रासस ÷सिन्ह्वा

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2