MENU

भारतले बाँध नखोलिदिंदा दर्जनौं गाउँ डुवानमा, चारको मृत्यु

635x90_1

सुरेन्द्र काफ्ले शनिवार, साउन २८, २०७४ 30253 पटक पढिएको

Share This

635-X-85

नेपालगन्ज : भारतले लक्ष्मणपुर ब्यारेजको ढोका नखोलिदा बाँकेको राप्ती नदिमा आएको भीषण बाढीका कारण ४ जना मृत्यु भएको छ । रातभरको अविरल बर्षाका कारण राप्ती सोनारी–४ लालुूरमा घर भत्किदा कविराज थारुका ३ छोरीको पुरिए मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत खगेन्द्र पौडेलका अनुसार १२ बर्षीया अन्जु थारु, ९ बर्षीया सरिता थारु र ७ बर्षीया सुस्मिता थारुको मृत्यु भएको छ । थारुका तीन जना छोराछोरीको लास पुरिएको अवस्थामा भेटिएको जानकारी दिए पौडेलले जानकारी दिएका छन् ।

सोही स्थानमा एक अज्ञात व्यक्ति समेत मृत्य अवस्थामा फेला परेका छन् । राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर १,२, ३, ५,६, ७ तथा डुडुवाको वडा नम्बर १ मा सयौं घर डुवानमा परेका छन् । नरैनापुर गाउँपालिका, गंगापुर, मटैहियाका थुपै्र घर डुवानमा परेका छन् । साविकको फत्तेपुर गाविसको वडा नम्बर ९ डलैया र टेपरीका दजनौ घर डुवान परेका छन । स्थानीय सिद्धेश्वर मावि फत्तेपुरका प्रधानाध्यापक ओम पुनले राप्ती पारीका अवस्था अत्यन्तै गम्भीर रहेको भन्दै सहयोगका टेलिफान मार्फत आग्रह गरेका छन् ।

duwan-2

उता गृहमन्त्रालय मार्फत अनुरोध गर्दा समेत भारतले बाँध खोल्न मानेको छैन । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत पौडेलले बहराइचको डियमलाई स्थानीय स्तरबाट बाँध खोलिदिन आग्रह गरिएको बताए । गृहमन्त्रालय मार्फत समेत बाँध खोल्न आग्रह गरिएको बताए । मौसम प्रतिकूलताका कारणसुर्खेतस्थित नेपाली सेनाको पृतनाकबाट आउने हेलिकप्टर समेत आउन नसकेको उनले बताए।

उद्धारको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी खटिएको पौडेलले बताए । राप्ती नदिको सहत खतराको चिन्ह भन्दा धेरै माथि छ । राप्ती नदिको सतह ८.५७ पुगेको छ । जबकी ५.४ मिटर खतराको चिन्ह हो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2