MENU

टेलिकमले दियो पुरानै अफरलाई निरन्तरता

635x90_1

अन्नपूर्ण शनिवार, साउन २८, २०७४ 5525 पटक पढिएको

Share This

635-X-85

काठमाडौं: नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवाका ग्राहकलाई नयाँ वर्ष २०७४ तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरलाई थप तीन महिनाका लागि निरन्तरता दिने भएको छ।

कम्पनीले सञ्चालनमा ल्याएका उक्त अफर उपभोक्ताले रुचाएका भन्दै कम्बपनीले निरन्तरता दिइएको हो। यो सँगै कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएका अफर २०७४ कात्तिक २३ गते सम्म कायम रहने भएको छ।

अफर अन्तर्गत अल टाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फेसबुक÷इन्स्टाग्राम डाटा प्याक, फोरजी डाटा प्याक र नाइट भ्वाइस प्याकेज रहेका छन्। जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज प्रयोग गर्न सकिने छ।

अल टाइम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ। त्यसैगरी ५० रुपैयाँमा १५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी एक सय २५ एमबी डाटा, एक सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी चार सय एमबी डाटा, दुई सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी आठ सय ५० एमबी डाटा र तीन सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५ सय एमबी डाटा कम्बपनीले उपलब्ध गराउँदै आएको छ।

त्यसैगरी नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा पाँच सय एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १२ सय एमबी डाटा १५ दिनसम्म चलाउन सकिनेछ। यसका साथै दुई सय रुपैयाँमा तीन जीबी डाटा र तीन सय रुपैयाँमा ६.५ जीबी डाटा तीस दिनसम्म चलाउन पाइने छ।

नाइट डाटा प्याकेज राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन सकिने छ । फेसबुक÷इन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा एक १० एमबी डाटा सात दिन र ५० रुपैयाँमा दुई ३० एमबी डाटा १४ दिन तथा एक सय रुपैयाँमा पाँच सय एमबी डाटा र दुई सय रुपैयाँमा ११ सय एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ।

कम्पनीले जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा पहिले देखि नै उपलब्ध गराइरहेको फोरजी डाटा प्याकलाई पनि निरन्तरता दिएको छ। यस अनुसार ५० रुपैयाँमा दुई सय एमबी डाटा सात दिनका लागि र एक सय रुपैयाँमा पाँच सय एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ।

त्यसैगरी दुई सय रुपैयाँमा १२ सय एमबी, तीन सय रुपैयाँमा दुई हजार एमबी र पाँच सय रुपैयाँमा ३६ सय एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ। फोरजी डाटा प्याक फोरजी नेटवर्क भएका स्थानमा फोरजी मोबाइल सेट भएका ग्राहकलाई लक्षित गरी ल्याइएको हो।

कम्पनीका अनुसार भ्वाइस कल हुँदाको समयमा प्राविधिक रुपमा थ्रिजीमा फलब्याक हुने हुँदा उक्त समयमा प्रयोग गर्न मिल्ने गरी प्रत्येक फोरजी डाटा प्याकमै ३० प्रतिशत डाटा भोल्युम टुजी÷थ्रिजी नेटवर्कमा समेत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ।

टुजी÷थ्रिजी नेटवर्कमा प्रयोग नभएको अवस्थामा भने फोरजी डाटा प्याकको पुरै भोल्युम फोरजी नेटवर्कमै प्रयोग गर्न सकिने कम्पनीलबे जनाएको छ। नाइट भ्वाइस प्याकेज अन्तर्गत २५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म २ सय ५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ।

डाटा र भ्वाइस तथा फोरजी प्याकेज प्राप्त गर्नका लागि प्रयोगकार्तले स्टार १४१५ ह्यास डायल गरि छनोट गर्न सक्नेछन्।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2