MENU

बबई नदीको बाढीले सयौं घर डुबान

635x90_1

यादव आचार्य आइतवार, साउन २९, २०७४ 1547 पटक पढिएको

Share This

635-X-85

बर्दिया : बबई नदीमा आएको बाढी गाउँमा पस्दा बर्दियामा सयौं घर डुवानमा परेका छन् । केही दिन देखि आएको अविरल वर्षाका कारण बबई नदीमा बाढी आएपछि बर्दियाको गुलरिया नगरपालिकाको बालापुर, सूर्यगौडी, ईन्द्रपुर, टँडुवा, कोठिया, भादा लगायतका गाउँका सयौं घरहरु डुवानमा परेका हुन् ।

बर्दियामा शनिवार बेलुकी आएको बाढीका कारण डुवान भएका गाउँका स्थानीय विस्थापित बनेका छन् । स्थानीय गुलरिया नेपालगञ्ज सडक किनारमा त्रिपाल मुनी बसेर रात गुजारेका छन् । २४ घण्टा देखि बबई नदी तटीय क्षेत्रहरु चेपाङ्ग, तुल्सीपुर, घोराई, पदमपुर, अम्वापुर लगायतका क्षेत्रहरुमा मुसलधारे वर्षा भएपछि बबई नदीमा बाढी आएको हो ।

बबई नदीमा बाढीपूर्व सूचनाका लागि सल्यानको घैयावारी, बबईको चेपाङ्ग र भादापुलमा जडान गरिएका जलमापन मिटरहरुमा शनिवार दिनभरी नै खतराको सतह मापन भएको थियो । बेलुकीपख बाढी गाउँमा पसेपछि स्थानीय रातारात सुरक्षित स्थानतर्फ लागेका थिए ।

बाढीका कारण गुलरिया नेपालगञ्ज सडक भत्किएको प्रहरीले जनाएको छ । सडक बिग्रिएपछि ठूला सवारी आवागमन अबरुद्ध भएका थिए । नदीमा पानीको सतह अत्याधिक भै सडकबाट पानी बग्दा यात्रु अलपत्र परेका हुन् । सडकमा अलपत्र परेका यात्रुलाई प्रहरीले उद्धार गरेको छ । बाढीका कारण सयौं मानिस विस्थापित बनेका छन् ।

बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका सुहेलवा निवासी मनिराम चौधरीको बालुवा लोड गरी फर्कने क्रममा ट्रली सहितको ट्राक्टर बगाएको छ । बाढीले गुलरिया नगरपालिका तुल्सीपुर वडा नम्वर ४ का पुदना चौधरीको राँगा बगाएको स्थानीयले बताएका छन् । बबई नदीमा दाउरा झिक्ने क्रममा बार्‍ह्रबर्दिया नगरपालिका वडा नम्वर १० निवासी २९ बर्षीय राजेन्द्र चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक भरत बहादुर बोहोराले वताए ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2