MENU

चितवनको पर्यटकीय क्षेत्र सौराहा डुब्यो

635x90_1

अनिल ढकाल आइतवार, साउन २९, २०७४ 24294 पटक पढिएको

Share This

635-X-85

चितवन : शनिबार साँझ ७ बजेदेखि लगातार परेको पानीले चितवनको पर्यटकीय क्षेत्र सौराहा डुवानमा परेको छ । राप्ती नदि र ढुंग्रे खोलामा आएको बाढीका कारण सौराहा डुवानमा परेको हो । बाढीबाट सौराहका पर्यटकीय स्थल, होटल तथा त्यस क्षेत्रका गाउँहरु डुवानमा परेका छन् ।

बाढीले सौराहाका होटलमा पार्किङ गरिएका ३ वटा गाडी समेत बगाएको छ । सौराह क्षेत्रमा करीब सात सय पर्यटक रहेको र उनीहरु सुरक्षित रहेको स्थानीयले बताएका छन् । बाढीबाट सौराह क्षेत्रका बथौली, मालपुर, जनकौली, लोखन्ती, बद्रहनी, सिशुवार, दोरङ्गी लगायतका गाउँहरु डुवानमा परेका छन् ।

पश्चिम चितवनका सिमलढाप र घैलाभारी गाउँ समेत डुवानमा परेका छन् । त्यसैगरी लगातारको वर्षाका कारण भण्डारास्थित लोथर खोलाको बाँधमा पानीको सतह बढेका कारण पूर्वी चितवनमा पनि बाढीको जोखिम बढेको छ ।

बाढीमा फसेकाको उद्धार भएन

रत्ननगर नगरपालिकाको बागमारा भन्ने स्थानमा बाढीमा फसेका करीब आठ जनाको उद्धार हुन सकेको छैन् । ४ महिनाको शिशुसहति राति १२ बजेदेखि बाढीमा फसेका उनीहरुको डुङ्गा तथा र्‍याफ्टिङको अभावमा उद्धार हुन नसकेको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताएका छन् । उक्त स्थानमा उद्धारका लागि इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरीको टोली गएपनि स्रोत साधनको अभावमा उनीहरु रमिते मात्रै बनेको स्थानीयले बताएका छन् । बाढीमा फसेका ६ जनालाई भने स्थानीयले उद्धार गरेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने शान्ति चोकमा खोलाको बाढी पसेका कारण राजमार्ग समेत अवरुद्ध बनेको छ ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1