MENU

पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु

635x90_1

ललितबहादुर बुढा आइतवार, साउन २९, २०७४ 1464 पटक पढिएको

Share This

635-X-85

सुर्खेत : सुर्खेतको गुर्भाकोटमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । अविरल वर्षापछि शनिवार राती पहिरोले घर बगाउँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको हो ।

गुर्भाकोट नगरपालिकाका वडा नम्बर ६ स्थित सिन्दुरखोला गाउँमा पहिरो गएको हो । पहिरोले घर बगाउँदा ८३ वर्षका गुमानसिं बुढा, १४ वर्षका विक्रम बुढा र १२ वर्षका शरण बुढाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार घर पूर्णरूपमा क्षति भएको छ । यस्तै लगातारको वर्षाका कारण पहिरो आएपछि रत्नराजमार्ग अवरुद्ध भएको छ । सुर्खेतदेखि नेपालगन्ज जोड्ने राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन बिचमै अलपत्र परेका छन् । पहिरो पन्छाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2