MENU

दाङमा दुई जनाको मृत्यु, ३ सय २१ घर विस्थापित

635x90_1

गोपाल शर्मा आइतवार, साउन २९, २०७४ 1671 पटक पढिएको

Share This

635-X-85

दाङ : शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण बाढीले बगाउँदा अहिलेसम्म दाङमा दुई जनाको ज्यान गएको छ । बाढीका कारण एक सय ४८ घर डुवानमा परेका छन् ।

डुवान तथा बाढी प्रभावित ३ सय २१ घर धुरी विस्थापित भएका हुन् । त्यस्तै बाढीका कारण लाखौको धनमाल क्षति भएको छ । बाढीले तुलसीपुर उपमहानगरपालिका १३ की भगवती सुनारलाई तुइ खोलाले बगाउँदा ज्यान भएको छ भने तुलसीपुर ४ मा रहेको ग्वार खोलाले बगाउँदा नरबहादुर रावतको ज्यान गएको छ ।

अबिरल बर्षाले पानीको बहाब बढेको तुलसीपुर- ७ मा रहेको ग्वार खोला (बेताने खोला) तर्ने क्रममा रावतको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी र वर्षाका कारण जिल्लाका भित्री तथा बाहिरी सडक अवरुद्ध भएका छन् ।

विभिन्न स्थानमा रुख ढल्दा र पहिरो जाँदा राप्ती राजमार्गको अमिलिया-तुलसीपुर सडक, तुलसीपुर-लमही सडक र तुलसीपुर हापुरे सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले दाङका १० बढी स्थान डुवानमा रहेका छन् । वर्षाका कारण प्रभावितहरु अहिले सुरक्षित स्थानमा बसेका छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2