MENU

फुक्यो हेमको उल्झन

635x90_1

अन्नपूर्ण आइतवार, साउन २९, २०७४ 1103 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : कविको रूपमा चिनिएका हेम प्रभास आख्यानकार भएर प्रस्तुत भएका छन् । शनिबार उनको उपन्यास ‘उल्झन’ विमोचन भएको छ । अभिनेता राजेश हमाल, सञ्चारकर्मी युवराज घिमिरे, डा. नवराज लम्साल र लेखक महेश पौडेलले पुस्तक विमोचन गरे । पुस्तकले समाजको यथार्थ चित्रण गरेको टिप्पणी पत्रकार घिमिरेले गरे । समाजमा केही गरूँ भन्ने जागृत चाहना पुस्तकमा प्रस्तुत भएको छ ।

लेखकले निराशावादी प्रश्नहरूको बीचमा आशा गर्ने प्रशस्त सम्भावना देखाउँदै खुसीको सिँढीमा अघि बढेको पाइलालाई फेरि एकै पटकमा भुइँमा झारिदिन्छन् । त्यहाँबाट जीवनको अर्को यात्रा सुरु हुन्छ । यस्तै रोचक शैलीमा पुस्तक अघि बढेको घिमिरेको समीक्षा थियो ।

पुस्तक पढिरहँदा अभिनेता राजेश हमालको ध्यान अन्त जान सकेन । जीवनका उतारचढाव, अनेक कालखण्डको रोचक प्रस्तुतिले उनलाई तानिरह्यो । भने, ‘लेखकले अथ्र्याउन खोज्दा पनि कति कुरा अर्थहीन छ भनेर देखाएका छन् ।’ यथार्थ चित्रण हुँदाहुँदै पनि उनले पुस्तकमा अमूर्त कुराहरू भेटे । अन्योलताको प्रश्नचिह्नले जीवनलाई रोचक बनाउँछ । जीवनको यस्तै रोचक विषयवस्तु पुस्तकमा प्रशस्त रहेको समीक्षा उनले गरे ।

सञ्चारकर्मी लम्सालले पुस्तकमा हामीले बाँचेको युगको तस्बिर भेटे । खँदिलो विषयवस्तुमा लेखक प्रस्ट भएको उनको समीक्षा थियो । भने, ‘हेमले पुस्तकमा संवेदना लेखेको छ ।’ लेखक पौडेलले हेमले कविताले स्थापित गरेको परिचय उपन्यासमा अक्षुण्ण राखेको बताए । उपन्यासलाई बोक्ने चालक सबै युवा छन् ।

द्वन्द्व, बेरोजगारी, पलायनवाद, विचलनको असर आजको युवामा कस्तो छ भनेर उल्झनले प्रस्ट्याएको टिप्पणी पौडेलले गरे । उल्झनले देशको अवस्था हामीले कस्तो बनाइरहेका छौं भन्नेमा पुनः विचार गर्न बाध्य बनाएको छ । लिपि बुक्सले प्रकाशन गरेको दुई सय ८८ पेजको पुस्तकको मूल्य तीन सय ५० रुपैयाँ रहेको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2