MENU

सप्तरीका ३० हजार घर डुबानमा

635x90_1

मनोहरकुमार पोखरेल आइतवार, साउन २९, २०७४ 1969 पटक पढिएको

Share This

635-X-85

राजविराज : पाँच दिनदेखिको अविरल वर्षाका कारण सप्तरीका ३० हजार बढी घरहरु डुबानमा परेका छन् । डुबानका कारण जिल्लाको अवस्था अत्यन्त जटिल बनेको छ ।

जिल्लाको खाँडो, महुली, जिता, त्रियुगा, पाची, जुडी, सुन्दरी, खडग, चापिन, बिहुल, मुतनी, सुरुङ्गा, बान्द्रा, भलुवाहीलगायतका खोलामा एकसाथ आएको बाढी बस्तीमा पसेर ८० प्रतिशत भू-भाग जलमग्न भएपछि सप्तरीको स्थिती भयावह बनेको छ ।

लगातारको वर्षाले रम्पुरा मल्हनिया, सकरपुरा, कोबर्साइन, कोइलाडी, तिलाठी, इनर्वा, गोबरगाढा गाउँ पूर्ण रुपले डुबानमा परेपछि हजारौको संख्यामा प्रभावित घर छाडेर सुरक्षित स्थलतर्फ लागेका छन् ।

छिन्नमस्ता गाउँपालिका- १ फकिरामा मुतनी नदीबाट आएको बाढीले पाँच सय घर डुबानमा परेको सप्तरी प्रहरीले जनाएको छ । डाक्नेश्वरी नगरपालिका- ७ र ८ मा पसेको पानीले दुई सय घर, हनुमाननगर कंकालिनी नगरपालिका- १४ स्थित रम्पुरा मल्हनियाको बस्तीमा दुई सय घर डुबानमा परेका छन्।

राजबिराज नगरपालिका- २ स्थित भलुवाई खोलामा आएको बाढीले खोला किनारमा रहेका रुस्तम शेख, मोहम्मद मुक्तार, सकिला खातुन, उमेश देवसहित छ जनाको घर बगाएको छ भने एक सय घर डुबानमा परेको छ । बस्तीका पीडित परिवार स्थानीय राष्ट्रिय प्राथमिक विद्यालयमा आश्रय लिएर बसेका छन्।

राजविराज नगरपालिका- १५ स्थित खाँडो खोलाको बाँध फुटेर नजिक देउरी भरुवा, फर्सेठको बस्ती डुबानमा परेको छ । प्रभावित एक सय घर परिवार स्थानीय सामुदायिक भवनमा बसेका छन् । खाँडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी-कोईलाडी गाउँपालिका वडा नम्बर १ र ३ तथा सकरपुरामा पाँच फिटसम्म पानी जमेको छ ।

सप्तकोशी नदीमा पानीको बहाव बढेका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपलिका-१३ गोबरगाढास्थित बस्ती डुबानमा परेपछि ६० घर परिवारलाई डुङगाबाट उद्दार गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

वर्षाले राजबिराज नगरपालिका बजार तथा मुख्य चोक समेत डुबानमा परेपछि ठूला तथा साना सवारी साधन ठप्प छ । बिजुली, केबल, मोबाइल, टेलिफोन सेवा समेत बन्द छ । महुली खोलाको बाँध फुटेर हनुमाननगर कंकालिनी- ३ पोर्ताहामा एक सय घर डुबानमा परेको छ ।

राजबिराज-७ स्थित सुरेश सिंहको खाद्य गोदाममा पानी पसेर २५ लाख मूल्य बराबरको समान नोक्सान भएको छ । राजविराज नगरपालिका-४ स्थित बिरौल चौकमा रहेको होम पाइप बगाउँदा सो बाटो भएर चल्ने यातायात अवरुद्ध भएको छ ।

बाढीले मलेठ, बसविट्टी, पौवा, सिस्वा बेल्ही, कञ्चनरुप, रौतहट, रामनगर, मधुपटट्ी, हरीपुर, मैनाकडेरी, मल्हन्मा, पटेर्वा, टिकुलिया, गोइठी, मधवापुर, लोखरम, कुपही समेतका घरहरुमा पानी पसेको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2