MENU

बारा र पर्साका अधिकांश गाउँ डुवानमा

635x90_1

दिवाकर भण्डारी आइतवार, साउन २९, २०७४ 1971 पटक पढिएको

Share This

635-X-85

राजमार्गका पुल जोखिममा, यातायात अवरुद्ध

सिमरा: अविरल बर्षापछि आएको बाढी र डुवानका कारण बारा र पर्साको जनजीवन निकै प्रभावित बनेको छ। लगातारको बर्षाका कारण बाराका दर्जनौ गाउँ डुबानमा पर्दा हजारौ सर्वसाधारण विस्थापित भएका छन्।

डुवानमा परेका गाउँका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भईरहेको प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले जानकारी दिएका छन । प्रजिअ मानन्धरका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, महागढीमाई नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिकालगायतका स्थानका बस्ती डुवानमा परेका छन्।

आदर्श कोतवाल गाउँपालिकाको बलुवा टोलमा रहेको बस्तीका स्थानीयलाई उद्धार गरेर नजिकैको बिद्यालयमा राखिएको छ। बस्ती डुवानमा पर्दा पिप्राविर्ताका दर्जनौ घर भत्किएका छन्।

यस्तै कलैया नगरपालिका, निजगढ नगरपालिकाको विभिन्न स्थान र जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा, डुमरवाना, जीतपुर, नितनपुरलगायतको क्षेत्र डुवानमा परेका छन्। निजगढ नगरपालिकाको रतनपुरी लाल क्षेत्र डुवानमा परेको छ।

पथलैया-हेटौडा सडकखण्ड र पथलैया-निजगढ सडकखण्ड अवरुद्ध छ। पथलैया-हेटौडा सडकखण्डको चार नम्बर पुल नजिक पहिरो खस्दा शनिबार रातिदेखी यातायात अवरुद्ध रहेको मध्य क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। राजमार्गमै बाढी आएपछि निजगढस्थित धन्सार पुल नजिकैको सडक बगाउँदा यातायात सञ्चालनमा आउन नसकेको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरीक्षक दिपक रायले बताए।

यस्तै बाराको कोल्हवी नगरपालिकामा रहेको माछागाउँको एक सय भन्दा बढी माछापोखरी बगाएको छ। बकैया र पसाहा नदीको पानी बस्तीमा पसेपछि पोखरीको माछा बगाएको मत्स्य ब्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले बताए। बाराका दक्षिणी क्षेत्रको अधिकांश खेतियोग्य जमिन बाढीले कटान गरेको छ।

वर्षाका कारण पर्साको ओरीया नदी सिक्टा नदी, सिर्सिया नदीको बाढी बस्ती पस्दा हस्वा, धोरे, विश्रामपुर, अमरपट्टी, भिश्वा, भेडीयारी, मनियारी, दसौता, लंगडी, मुडली, तुलसीवर्वा, सबैठवा, बखरी, गुलरीया, रविदास, लक्ष्मीपुर, मिर्जापुर, भलवहीया, जयमंगलापुर, महादेवपट्टी, पिपडारी, विसुनपुर्वा, पाडेपुर, मसिहानी, जगरनाथापुरलगायतको बस्ती डुवानमा परेका छन्।

पर्साको ग्रामिण भेगमा रहेका अधिकांश प्रहरी चौकी पनि डुवानमा पर्दा प्रहरी नै बिचल्लीमा परेका छन्।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2