MENU

अपरा

635x90_1

मधुसुदनप्रसाद घिमिरे आइतवार, साउन २९, २०७४ 1318 पटक पढिएको

Share This

635-X-85

अंकुर कथा

 

अपरा चार वर्षकी भइन् । अनुजा उनकी दिदी हुन् । उनी कक्षा ४ मा पढ्छिन् । घरका सबैजना बिहानै उठ्छन् । अपरा पनि आमासँगै उठ्छिन् । आमाचाहिँ कुचो बढार्न थाल्नुभयो । पिँढीको डिलमा अपरा थुचुक्क बस्छिन् । आमाले बढारेको हेरिरहन्छिन् । घर परिवारका सबै सदस्य आआफ्नो काममा लाग्छन् ।

8-pageअपराले कुचो समाउँछिन् । आमाले जस्तैगरी बढार्न थाल्छिन् । त्यो देखेर हजुरबाले भन्नुभयो, ‘नानी कुचो नबढार । सानो मान्छेले कुचो बढार्‍यो भने घरमा पाहुना आउँछन् रे ।’ हजुरबाको कुरा सुनेर अनुजाले भनिन्, ‘बढार नानी बढार, घरको काम जसले गरे पनि हुन्छ ।’ हजुरबाले केही बोल्नु भएन । अनुजाले हजुरबालाई फेरि भनिन्, ‘हामी नि..... हजुरबा हाम्रो स्कुलमा सफासुग्घर गर्ने, फूलबिरुवा रोप्ने गर्छैाँ ।’

हिजोमात्र कक्षामा एक पिरियड खाली भयो । नेपाली पढाउने सर बिरामी परेर कक्षामा आउनु भएन । त्यो खाली पिरियडमा हाम्रा समूहका साथीहरू बाहिर निस्केका थियौं । फूलबारीमा घाँस धेरै देख्यौं । हाम्रो समूहका साथीहरूले भने, ‘त्यो फूलबारीको घाँस उखेलौं ।’ सबैले हो मा हो मिलाए ।
फूलबारी सफा भइहाल्यो । खाली पिरियड सिद्धिइसकेकै थिएन । एकजनाले मात्र गरेको भए दिनभरिमा पनि त्यो घाँस उखेलेर सिद्धिने थिएन । सबैको प्रयासले थोरै समयमा धेरै काम भयो ।

अहिले आमाले कुचो बढारेको देखेर आमाको काम सघाउन मन लागेछ क्यारे सानी बहिनीले पनि कुचो बढार्न थालिन् । काम गरेको देखेर जान्ने त हो नि हजुरबा ।

हजुरबाले फेरि सोध्नुभयो, ‘तिमीहरूलाई यस्तो विचार कसरी आयो ? ’ अनुजाले जवाफ दिँदै भनिन्, ‘आजभोलि छ ... नि .... हजुरबा सामुदायिक संगठनहरू जताततै देखिएका छन् रे । हाम्रो सरले हामीलाई भन्नु भएको क्या .... । एकजनाले मात्र गरेर काम सफल हुँदैन । धेरैको प्रयास भयो भने ठूलो काम पनि थोरै समयमा राम्रोसँग सम्पन्न गर्न सकिन्छ रे । हाम्रो स्कुलमा साथीसाथी मिलेर धेरैवटा संगठन बनाएका छौं । ती संगठनले विभिन्न सामुदायिक अभियान चलाएका छन् । कुनै समूहले सफाइ गर्ने, कुनै समूहले प्राथमिक उपचारका कुरा गर्ने । आफ्ना साथीहरूबीच केही पर्दा सहयोग गर्ने गरेका छौं । हाम्रो स्कुलको त्यो अभियान देखेर अहिले अरू स्कुलहरूले पनि त्यसै गर्न थालेका छन् रे ।’

हजुरबाले फेरि भन्नुभयो, ‘तिमीहरूले नयाँ काम पो गरेका रहेछौ त ।’ हजुरबाको उत्सुकता मेटाउँदै अनुजाले भनिन्, ‘यो काम नयाँ होइन रे हजुरबा । वनजंगलको संरक्षण र सदुपयोग गर्न सामुदायिक वन, उपभोक्ता समिति, स्वास्थ्यका लागि सामुदायिक अस्पताल, सुरक्षाका लागि सामुदायिक प्रहरीहरू रहेको संस्था ठाउँठाउँमा रहँदै आएको धेरै समय भइसक्यो रे ।

उपचार, सरसफाइदेखि सबै काममा घरमा र सार्वजनिक स्थान जहाँ पनि धेरैको सहभागिता हुँदा काम गर्न सजिलो हुँदै गएको छ रे ।’उनले फेरि आफ्ना कुरा थप्दै भनिन्, ‘हाम्रो सरले त यस्ता धेरै कुरा हामीलाई सिकाइरहनु हुन्छ । अहिले आमाले कुचो बढारेको देखेर आमाको काम सघाउन मन लागेछ क्यारे सानी बहिनीले पनि कुचो बढार्न थालिन् । काम गरेको देखेर जान्ने त हो नि हजुरबा।’

आफ्नी सानी नातिनीको घतलाग्दा कुरा सुनेर हजुरबाको पनि आँखा खुल्यो । नातिनीको चलाखीपनको कदर गर्दै हजुरबाले भन्नुभयो, ‘तिमीले त निकै राम्रा कुरा पो सिकेकी रहिछ्यौ त । मेरी नातिनी कत्ति ज्ञानी । हजुरबाले अनुजालाई सुमसुम्याउँदै हर्षले मुसुक्क हाँस्नु भयो । त्यतिबेला अपरा पनि हजुरबाको काखमा आएर बसिसकेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1