MENU

आठ किलो सुनसहित पक्राउ परेका विरुद्ध मुद्दा दायर

635x90_1

देवचन्द्र भट्ट आइतवार, साउन २९, २०७४ 1996 पटक पढिएको

Share This

635-X-85

नुवाकोट : नेपाल–चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाकावाट नेपाल भित्रिएको आठ किलोग्राम सुनसहित नुवाकोटको विदुरमा पक्राउ परेका दुई युवकलाई कारवाहीको माग गर्दै आइतवार मुद्दा दर्ता गरिएको छ । नुवाकोट प्रहरीले आइतवार पक्राउ गरेका सुन र दुई युवकलाई सार्वजनिक गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।
विशेष सुचनाका आधारमा प्रहरीले पासाङल्हामु मार्गको त्रिशूली–धुन्चे सडकखण्डको वीचमा रहेको विदुर नगरपालिका वडा नं. १० गेर्खुमा वा ५५ प ८०६७ नम्वरको रातो पल्सर मोटरसाइकलको पछाडिको चक्कामाथि लुकाइराखेको आठ किलोग्राम सुनसहित मोटरसाइकलका साथमा रहेका दुई युवकलाई पक्राउ गरेको थियो ।
उनीहरु माथि कारवाहीका लागि आइतवार संगठित अपराध अन्र्तगत मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । रसुवाको पार्वतीकुण्ड गाउंपालिका वडा नं. ५ का २७ वर्षीय फुर्वु तामाङ र उत्तरगया गापा वडा नं. ५ का ३७ वर्षीय दीपक घले माथि मुद्दा दायर गरिएको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार वस्यालले जानकारी दिए ।
नुवाकोट प्रहरीले शनिवार ठुलो मात्रामा अवैध सुन र मोटरसाइकलसहित दुई युवकलाई पक्राउ गरेको यो पहिलो घटना हो । पक्राउ परेको सुन सात सय ११ तोला रहेको र शनिवारको वजार मुल्य अनुसार तीन करोड ८० लाख रुपैया वरावरको रहेको प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिए ।
सिन्धुपाल्चोकतर्फको तातोपानी नाका पहिरोका कारण वन्द भएपछि रसुवागढी नाकावाट सुनलगायतका सामग्रीको तस्करी वढिरहेको छ । रसुवागढी नाकावाट अवैध सुनसहित युवक पक्राउ गरिएको यो चौथोे घटना हो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2