MENU

हत्तेरिका

635x90_1

सुशीला प्रधानांग आइतवार, भदौ ११, २०७४ 1428 पटक पढिएको

Share This

635-X-85

अंकुर बालकथा

 

एक्कासि नियमले कोठाबाट बाहिर निस्कँदै आप्mनी आमालाई भन्यो, ‘मम्मी ! हेर्नुस् त मैले पनि दाइले जस्तै मेरो पाइन्टलाई पनि बुट्टेदार डिजाइन बनाएँ नि ।’ अनि ऊ आफै हाँस्न थाल्यो– हा...हा...हा... ।

susilaनियमकी आमा उषा छतमा बसेर पुस्तक पढ्दै थिइन् । उनले पुस्तकबाट आँखा नहटाइकन नै भनिन्, ‘कस्तो डिजाइन हो छोरा ? ’ नियमले कुनै सादा कागजमा चित्र कोरेर डिजाइन बनाएको होला भन्ने सोचेर उनले पुस्तकबाट आँखा नहटाई भनिन्, ‘बाबु ! म अहिले पुस्तक पढ्दैछु । मलाई एकछिन दुःख दिन नआऊ ल ! तिमीले अरू पनि डिजाइन बनाइराख ।’

आप्mनो आमाको स्वीकृति पाएर नियमले दंग पर्दै भन्यो, ‘हस् मम्मी ! म तल कोठामा छु है ।’ उषाले पनि जवाफमा ‘हस्, छोरा !’ भन्दै आफ्नो पढाइलाई अगाडि बढाइन् ।
जाडोको महिना घाम नडुब्दासम्म सबैलाई घाम प्यारो नै लाग्छ । पारिलो घाममा बसेर पुस्तक पढ्दै गर्दा उषालाई रमाइलो लागिरहेको थियो । त्यसैले उनी झन्झन् पुस्तक पढ्नमा तल्लिन हुँदै गइन् । उनलाई घाम पातलिँदै गएको होसै भएन । निक्कै बेरपछि नियम फेरि छतमा आयो र भन्यो, ‘मम्मी ! कति पढिरहनु भएको भन्या ? तपाईं त हामीजस्तै स्कुलमा पढ्न जानु हुन्न नि ? मलाई भने भोक लागिसक्यो ।’

 

छोराको आवाजले उनी पुस्तकको संसारबाट बाहिर निस्किइन् । उनले आफ्नो नाडीको घडी हेरिन् । उनको नाडीमा बाँधिएको सानो घडीमा तीन बजिसकेको रहेछ ।
त्यो देखेर उनले भनिन्, ‘अहो ! तिमीले मलाई बोलाएर राम्रो गर्‍यौ छोरा !’ यति भन्दै उनी कुर्सीबाट उठिन् । छोराले पनि पढिराखेको छ होला भन्ने उनले सोचेकी थिइन् । पढ्दापढ्दै छोरा थाकिसक्यो होला भनेर उनले नियमलाई अँगाल्दै भनिन्, ‘मेरो छोरा ! ज्ञानी छोरा !’
नियमले पनि उषाको गाला मुसार्दै भन्यो, ‘मेरो मम्मी ! ज्ञानी मम्मी !’ उषाले पनि ठट्यौली पाराले भनिन्, ‘धत् ! मम्मीलाई पनि ज्ञानी भन्छौ ? ’

त्यो सुनेर नियम मुख छोपेर हाँस्यो । उषा भान्सामा गइन् र खाजा बनाउन थालिन् । नियम कोठामा बसेर टीभीमा कार्टुन हेर्न थाल्यो ।
उषाले खाजा तयार पारिन् र खानका लागि छोरालाई बोलाइन् । नियमले पनि आएँ भन्दै भर्‍याङबाट एकैचोटी बुरुक्क उफ्रेर फाल हाल्यो । ऊ भुइँमा थचारियो । त्यसो गर्दा गडाम्मको आवाज निस्क्यो । त्यो आवाज भान्छासम्म पुग्यो ।
आवाज सुनेर उषाले भान्सैबाट सोधिन, ‘के भयो छोरा ? लड्यौ कि के हो ? ’ उसले उठ्दै भन्यो, ‘हैन मम्मी ! जम्पिङ गरेको ।’
आमा, छोरासँगै बसेर खाजा खान थाले । खाँदाखाँदै उषाले केही सम्झेजस्तो गर्दै भनिन्, ‘हत्तेरिका ! म पनि कस्तो हुस्सु होला । ग्यासमा चिया बसालेको भुसुक्कै बिर्सेछु ।’ नियमले उनलाई गिज्याउँदै भन्यो, ‘मम्मी ! तपार्इं त बूढी हुनुभयो हगि ? ’
उषाले हाँसेर जवाफ दिइन्, ‘छोरा ! मम्मीलाई त्यस्तो भन्नुहुन्न । ज्ञानी छोराले त्यस्तो भन्दैन पो त।’

नियमले फटाकले जवाफ दियो, ‘ अँ.. अनि अस्ति दाइले तपाईंसँग पैसा माग्दा तपाईंले किन चाहियो पैसा भनेर सोध्दा दाइले रिसाएर सुद्दी भनेर बाहिर निस्कनु भएको होइन ? त्यतिबेला त तपाईंले दाइलाई केही भन्नु भएन ।’

नियमको कुरा सुनेर उषा खङरङ भइन् । उनको टाउको भन्नन घुमायो । उनी एकछिन थचक्क कुर्सीमा बसिन् । उनको निधारमा चिटचिट पसिना निस्किन थाल्यो ।
समय र नियम उषाका दुई छोरा हुन् । समय दस कक्षामा पढ्छ भने नियम पाँच कक्षामा पढ्छन् ।
समय ठूलो छोरा भएर होला अलि घमण्डी स्वभावको छ । उसले आफ्नी मम्मीसँग स्कुल जाने बेलामा मात्र होइन अघिपछि पनि पैसा मागिरहने गर्छ ।

उषाले पनि सकेसम्म उसको आवश्यकताहरू पूरा गर्ने कोसिस गर्ने गर्थिन् । अहिले भने उनलाई नियमको कुराले डर लाग्न थालेको थियो । अब उनले समयलाई सही र गलत कुरा के हो भनेर सम्झाउनुपर्छ भन्ने बारेमा मनमनै सोच्न थालिन् ।

आइतबारको दिन दुवै दाजुभाइ स्कुल जान हतार गर्दै थिए । मौसम चिसो चिसो थियो । समयको कक्षा बिहानैबाट सुरु हुने भएकाले उ बिहानै घरबाट निस्कने गथ्र्यो ।

नियम भने स्कुलको गाडीबाट नै आउने जाने गथ्र्यो । समय गइसकेपछि नियम स्कुल जान तयार भएर भान्छामा गयो र भन्यो, ‘मम्मी ! आज मलाई पनि खाजाको लागि पैसा दिनुस् है ।’
उषाले भान्छामा काम गर्दै थिइन् । उनले नियमको स्वर सुनेर पछाडि फर्केर किन र ? भन्न मात्र खोजेकी थिइन् नियमको स्कुल ड्रेसको पाइन्ट देखेर उनी एकछिन वाल्ल परेर नियमलाई हेरिरहिन् । त्यो देखेर नियमले भन्यो, ‘ नयाँ डिजाइन हो । दाइको भन्दा राम्रो छ हगि ? ’
उनले केही नबोली छोराको पाइन्टलाई छोएर हेर्न थालिन् । छोराले पाइन्टलाई काटेर ४÷५ ठाउँमा प्वालैप्वाल पारेको रहेछ ।

उषाले एकछिन केही बोल्न सकिनन् । उनले नियमलाई भान्छाको कुर्सीमा बसाल्दै सोधिन्, ‘छोरा ! यो के गरेको ? ’
उसले सजिलैसँग जवाफ दियो, ‘डिजाइन निकालेको ।’ स्कुलको डे«सको पाइन्टमा डिजाइन निकाल्दा तिमीलाई डर लागेन भनेर उषाले पुन नियमलाई प्रश्न गरिन् । ‘स्कुल त राम्रोसँग जानुपर्छ । यस्तो कपडा लगाएर जाँदा तिमीलाई गेटबाट भित्र छिराउला त ? ’ उनले भनिन् ।

नियमले त्यो कुरालाई भुसुक्कै बिर्सेको रहेछ । त्यसपछि उसले आफ्नै टाउकोमा हात राख्दै भन्यो, ‘हत्तेरिका ! अब म कसरी स्कुल जाने ? ’ भूल स्वीकार्दै उसले आफ्नो दुवै कान समात्दै भन्यो, ‘सरी, मम्मी !’

प्रतिकृया दिनुहोस

Annapurna635x90_1