MENU

पल शाह र आँचल शर्माको केमेस्ट्री कमाल

635x90_1

अशोकप्यासी राई शुक्रवार, भदौ २३, २०७४ 2166 पटक पढिएको

Share This

635-X-85

वास्तविक जीवनमा मिल्ने साथी हुन् पल शाह र आँचल शर्मा। अनि पर्दामा रुचाइएको जोडी। चलचित्र ‘नाइँ नभन्नु ल ४' बाट एकसाथ रजतपटमा डेब्यु गरेका उनीहरूको सम्बन्धका बारेमा सुरुदेखी नै धेरै चर्चा हुँदै आएको छ। पहिलो चलचित्र छायांकनका क्रममै उनीहरूबीच लभ अफेयर सुरु भएको चर्चा चल्यो।

 

जीवनमा कहिल्यै नसोचेको क्षेत्र, त्यो पनि स्थापित ब्यानरमा काम गर्ने अवसर पाउँदा आँचल जति उत्साहित थिइन् लभ अफेयरको प्रसंगले त्यत्तिकै आत्तिइन्। उनलाई के गरौं, कसो गरौं भयो। न कहिल्यै यसरी अरूसँग नाम जोडिएको थियो, न त प्रेमसम्बन्ध नै। निर्देशक विकास आचार्यलाई फोन गरिन्। उनले ‘आत्तिनु पर्दैन। यस्ता चर्चा सामान्य हो' भनेर सम्झाए। आँचललाई डर थियो घरपरिवारले के भन्लान् भन्ने। तर बुवाले ‘तिमी अब सेलिब्रेटी भइसक्यौ' भनेर ढाडस पो दिए। त्यसपछि यस्ता चर्चा उनलाई सामान्य लाग्न थालेको छ।

भिडियो मोडलिङबाट चलचित्रमा आएका पल र चलचित्रबाट भिडियो मोडलिङ सुरुगरेकी आँचल दुवैका फ्यान फलोइङ राम्रो छ। पल यसै पनि धेरै युवतीले रुचाएका मोडेल एवं अभिनेता हुन्। उनलाई दैनिक दर्जनौं प्रेम प्रस्ताव आउने गर्छ। ‘धेरै फ्यानले तपाईं सिंगल हुनुहुन्छ। म एकदमै मन पराउँछु, माया गर्छु। के छ विचार भनेर प्रस्ताव पठाउँछन्। कतिपयको प्रस्तावले त मनै कटक्क बनाउँछ', पल भन्छन्। आँचलसँगको सम्बन्धमा पनि उनी प्रस्ट छन्। ‘पर्दामा हाम्रो केमेस्ट्रीलाई रुचाइएकाले अफेयरको चर्चा भएको हुनसक्छ। तर हामी मिल्ने साथीमात्र हौं', उनको भनाइ छ।

आँचललाई पनि पलको आनीबानी, व्याक्तित्व एवं आचरण एकदमै मन पर्छ। तर बजारमा चर्चा भएजस्तै आफूहरू प्रेमसम्बन्धमा नरहेको उनी बताउँछिन्। ‘सबैले हाम्रो आचरण, हावभाव र फेस पनि म्याच गर्छ भन्छन्', आँचल भन्छिन्, ‘हामी विश्वासिलो साथी हौं तर अफेयरमा छौं भन्ने कुरा हल्लामात्र हो।' यसरी नाम जोडिँदा सुरुसुरुमा उनलाई निकै असहज लाग्थ्यो। परिवारले पनि ‘सेलिब्रेटी भयौ' भनेर जिस्क्याउँथे। तर, अहिले बानी परिसकेको छ।

धेरै फ्यानले तपाईं सिंगल हुनुहुन्छ। म एकदमै मन पराउँछु, माया गर्छु। के छ विचार भनेर प्रस्ताव पठाउँछन्। कतिपयको प्रस्तावले त मनै कटक्क बनाउँछ। पल शाह
सबैले हाम्रो आचरण, हावभाव र फेस पनि म्याच गर्छ भन्छन्। हामी विश्वासिलो साथी हौं तर अफेयरमा छौं भन्ने कुरा हल्लामात्र हो।
आँचल शर्मा

पल र आँचल एकसाथ काम गर्न रुचाउँछन्। ‘मैले पलबाट धेरै कुरा सिकेकी छु। काममा यति धेरै डेडिगेट कसरी हुन सकिन्छ, म सोच्ने गर्छु। दुःख र अप्ठ्यारोमा पनि हाँस्ने, फ्यानहरूलाई ट्रिट गर्ने बानी सारै राम्रो लाग्छ', आँचलले भनिन्। तर, कतिपय काममा ढिला गर्ने, समय व्यवस्थापन अनि चित्त नबुझेको कुरा मान्छेकै अगाडि भनिहाल्ने बानी सुधार्नुपर्ने उनको सुझाव छ।

पल पनि आँचलप्रति त्यतिकै सकारात्मक छन्। उनको मूल्यांकनमा आँचल केही समयमै ‘टप थ्री'मा पर्नसक्ने अभिनेत्री हुन्। जस्तो काम पनि गर्न सक्छु भन्ने आँट, मेहनत गर्ने बानी, समयप्रति सचेत अनि सहयोगी भावना पललाई मन पर्छ। तर अलि बचपन, जिद्दी स्वभावमा चाहिँ आँचलले सुधार गर्नुपर्ने उनको सुझाव छ।

चलचित्र ‘जोनी जेन्टलमेन'को प्रचारमा जुटेका पल र आँचलले अहिलेसम्म तीन÷तीनवटा चलचित्रमा काम गरिसकेका छन्। पल अभिनीत दुई चलचित्र ‘नाइँ नभन्नु ल ४' र ‘म यस्तो गीत गाउँछु' दर्शकमाझ आइसकेका छन्। दुवै चलचित्रले सन्तोषजनक व्यापार गरेको छ। ‘जोनी जेन्टलमेन'पछि आँचल अभिनीत तेस्रो चलचित्र हो ‘ब्ल्याक'।



प्रतिकृया दिनुहोस

Annapurna635x90_1