MENU

पटकपटक विवाह गर्ने हलिउड सेलिब्रेटी

635x90_1

अन्नपूर्ण शुक्रवार, भदौ २३, २०७४ 7996 पटक पढिएको

Share This

635-X-85

हलिउड सेलिब्रेटीको सान र मानले सबैलाई लोभ्याउँछ । व्यावसायिक रूपमा उनीहरू जति सफल र चर्चित छन्, वैवाहिक जीवनमा भने त्यत्तिकै असफल साबित भएका छन् । हलिउड सेलिब्रेटीको विशेषता भन्नु नै बिन्दास जीवनशैली, प्रेम, रोमान्स, सेक्स, विवाह अनि सम्बन्धविच्छेद बन्न पुगेको छ । उनीहरूको वैवाहिक जीवन सफल नहुनुको कारण बिन्दास जीवनशैली र रोमान्स मानिन्छ । 

वैवाहिक जीवनमा बाँधिए पनि उनीहरूले विभिन्न व्यक्तिसँगको सम्बन्ध र रोमान्सलाई निरन्तरता दिइरहेका हुन्छन् । जब ती कुरा ‘लिक’ हुन्छ तब उनीहरू आआफ्नो बाटो लाग्न बाध्य हुन्छन् ।  

 

एकअर्काको अभाव महसुस पनि गर्दैनन् ।हलिउड गोल्डेल ब्वाइ टम क्रुज अभिनयका कारण जति उचाइमा छन्, विवाह र मोजमस्तीमा पनि त्यत्तिकै अगाडि छन् । जीवनमा तीनपटक विवाह गरिसकेका उनी अहिले एक्लो जीवन बिताइरहेका छन् । सन् १९८७ मा मिनी रोगरसँग विवाह गरेका उनले त्यसपछि अर्की हलिउड अभिनेत्री निकोल किडम्यानसँग विवाह गरेका थिए । तर, टम उनीसँग पनि लामो समय रहन सकेनन् र केटी होम्ससँग तेस्रो विवाह गरे । टम र केटीले एक छोरी जन्माए । अहिले उनीहरू पनि अलग भइसकेका छन् ।

टम क्रुजजस्तै हलिउड अभिनेत्री एवं गायिका जेनिफर लोपेजले पनि तीनपटक विवाह गरिसकेकी छन् । क्युबाका एक वेटरसँग सन् १९९७ मा विवाह गरेकी उनी पहिलो श्रीमान्सँग लामो समय रहन सकिनन् । जादुगरी स्वरकी धनी लोपेजले पुनः ब्याकअप डान्सर क्रिस जडसँग सन् २००१ मा दोस्रो विवाह गरिन् । वैवाहिक सम्बन्धमा रहेकै बेला विभिन्न व्यक्तिसँग नाम जोडिएकी उनले सन् २००४ मा मार्क एन्थोनीसँग तेस्रो विवाह गरिन् । एन्थोनीसँग पनि अलग भएकी उनी सन् २०१४ देखि एक्लो जीवन बिताइरहेकी छन् । वैवाहिक जीवन सफल नभए पनि गायन र अभिनयमा प्रभाव जमाउन सफल भएकी छन् जेनिफर ।

प्रेम, विवाह र रोमान्सको कुरा गर्दा धेरैले सम्झने नाम हो, किम कादर्सिन । टीभी स्टार एवं हलिउड अभिनेत्री किमका गतिविधिले धेरैको ध्यान आकर्षण गर्ने गर्छ । उनले पनि तीनपटक विवाह गरेकी छन् । तेस्रा पति केने वेस्टबाट उनी दोस्रोपटक आमा बनिसकेकी छन् । १९ वर्षको उमेरमा सन् २००० मा डामोन थोमससँग भागेर विवाह गरेकी उनले सन् २०११ मा क्रिस हुम्फ्रेजसँग दोस्रोपटक विवाह गरिन् । उनले सन् २०१४ मा किमले र्‍यापर केने वेस्टसँग तेस्रो विवाह गरेकी हुन् ।

आफ्नो अभिनय कौशलबाट हलिउडमा दबदबा जमाएकी हेल बेरी पनि वैवाहिक जीवनमा भने असफल साबित भएकी छन् । सन् १९९३ मा खेलाडी डेभिड जस्टिससँग विवाह गरेकी उनी तीन वर्षपछि दाम्पत्य जीवनमा सम्बन्धमा समस्या आएपछि छुट्टिएकी थिइन् । त्यसपछि लामो समय एकल जीवन बिताएकी उनले सन् २००१ मा गायक इरिक बेनेटसँग दोस्रो विवाह गरिन् । इरिकसँग विवाह गर्नुअगाडि विभिन्न व्यक्तिसँग उनको नाम जोडिएको थियो । दोस्रो विवाह पनि लामो समयसम्म टिक्न सकेन । त्यसपछि सन् २०१३ मा हेल बेरीले फ्रेन्च अभिनेता अलिभर मार्टिनेजसँग तेस्रो विवाह गरेकी छन् ।

हेल बेरीजस्तै डेमी मुरे पनि पनि तीनपटक विवाह गर्ने हलिउड सेलिब्रेटी हुन् । उनी पनि बिन्दास जीवनशैलीका कारण बेलाबेला चर्चा र विवादमा आइरहन्छिन् । डेमीले सन् १८८० मा आफूभन्दा बाह्र वर्ष जेठो गायक फ्रेडी मुरेसँग विवाह गरेकी थिइन् । तर, यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन।

मुरेसँग विवाह गरेको तीन वर्षपछि उनले नायक ब्रुस विलिजसँग दोस्रो विवाह गरी तीन छोरीलाई जन्म दिइन् । विलिजसँग पनि डेमीको सम्बन्धविच्छेद भइसकेको छ । सन् २००५ मा आफूभन्दा १५ वर्ष कान्छा नायक एस्टोन कुचरसँग तेस्रो विवाह गरिन् । केही समय वैवाहिक सम्बन्धमा रहेका उनीहरू अहिले भिन्न भइसकेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

Annapurna635x90_1