MENU

हलिउड गायिका टेलर ९ महिना हराएपछि

635x90_1

अन्नपूर्ण शुक्रवार, भदौ २३, २०७४ 1431 पटक पढिएको

Share This

635-X-85

व्यस्तताका कारण आफ्नो व्यक्तिगत जीवन चौपट भएपछि लामो समय गुप्तबास बसिन् टेलर स्विफ्ट । आफ्नो जादुगरी स्वर, रोमाञ्चक प्रस्तुति, सेक्सी एवं ग्ल्यामरस छविका कारण संसारभर टेलरका लाखौं फ्यान छन् । उनी जहाँ पुगे पनि भीडका बीच गुज्रिनुपर्छ । भनेको ठाउँमा जान, बस्न, खान, रमाउन उनलाई असम्भवप्रायः छ । यही नियतिका कारण उनी लगभग नौमहिना सार्वजनिक जीवनबाट अलग रहिन् ।

लामो समय सार्वजनिक कार्यक्रममा देखा नपरेकी २७ वर्षीया हलिउड गायिका स्विफ्ट नयाँ म्युजिक भिडियो लिएर विश्व रंगमञ्चमा उदाएकी छन् । गायिका टेलर कता हराइन् भन्ने कौतूहल भइरहेका बेला आफू सार्वजनिक जीवनबाट अलग हुनुको कारण खुलाउँदै उनी सार्वजनिक भएकी हुन् । वर्षौंसम्म कामबाट अति व्यस्त भएकाले जिन्दगी अति नै तनाव महसुस भएपछि आफ्नो लागि समय निकाल्न केही समय सार्वजनिक जीवनबाट अलग भएको उनले खुलासा गरेकी हुन् । यो बीचमा आफूले आफैंलाई समय दिएको उनले बताएकी छन् ।

 

सानै उमेरमा धेरै सम्पत्ति कमाएकी उनी एक हजार सात सय ९१ करोड डलरकी मालिक बनेकी छन् । तर, सम्पत्तिले मात्रै खुसी नदिएकाले आफू कहिलेकाहीँ लेमलाइट लाइफबाट टाढा रहने गरेको उनले बताएकी छन् । विश्व संगीतमा उनले तहल्का मच्चाएकी छन् । धेरै एल्बम बिक्री हुने गायिकाका रूपमा यसअघि नै गिनिज बुकमा उनको नाम अंकित भइसकेको छ । उनको पछिल्लो नयाँ एल्बम पनि सार्वजनिक भएको एक साता नबित्दै लाखौं कपी बिक्री भइसकेको छ । एल्बममा ‘टच मी’, ‘इन द मिडिल अफ द नाइट’जस्ता गीत समेटिएका छन् । १४ वर्षको उमेरमै संगीत क्षेत्रमा लागेकी टेलरले प्रतिष्ठित ‘ग्रामी अवार्ड’समेत हात पारिसकेकी छन् । उनी विश्वमै धेरै रुचाइएको गायिकामध्येमा पर्छिन् ।

गीतसंगीतमा सफल भए पनि प्रेमसम्बन्धमा टेलर स्विफ्ट असफल साबित भएकी छन् । रोमान्समा माहिर उनको गायक जोन मेयर, ह्यारी स्टाइल्स, कोनोर केनेडी, क्याल्भिन ह्यारिज, टम हिडलस्टोनलगायत दर्जनभन्दा बढी पुरुषसँग नाम जोडिएको छ । तर, कसैसँग पनि उनको सम्बन्ध सफल भएन । कसैसँग करिअरको प्रतिस्पर्धा, कसैसँग भौगोलिक रूपमा टाढा भएकाले ब्रेकअप भएको टेलरले समेत स्वीकारेकी छन् । टिनएजमै विश्वविख्यात सेलिब्रेटी बनेकी टेलर लेखनमा पनि दख्खल राख्छिन् । आफूले गाउने गीत प्रायः उनी आफैं लेख्छिन् ।


गीतसंगीतमा सफल भए पनि प्रेमसम्बन्धमा टेलर स्विफ्ट असफल साबित भएकी छन् । रोमान्समा माहिर उनको गायक जोन मेयर, ह्यारी स्टाइल्स, कोनोर केनेडी, क्याल्भिन ह्यारिज, टम हिडलस्टोनलगायत दर्जनभन्दा बढी पुरुषसँग नाम जोडिएको छ । तर, कसैसँग पनि उनको सम्बन्ध सफल भएन ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1