MENU

ऐश्वर्य पर्खंदै दीपिका

635x90_1

अन्नपूर्ण शुक्रवार, भदौ २३, २०७४ 1189 पटक पढिएको

Share This

635-X-85

चलचित्र ऐश्वर्य कात्तिक ९ गते रिलिज हुने भएको छ । यसअघि ... रिलिज गर्ने तय भए पनि प्रदर्शन मितिपछि सारिएको हो । चलचित्रको टिजरका साथै ‘तिमी रोएको पल’ बोलको गीत रिलिज भइसकेको छ । अहिले चल्तीमा रहेका संगीतकार अर्जुन पोखरेलको शब्द एवं संगीत रहेको यस गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर समेटिएको छ ।

दिवाकर भट्टराईले निर्देशन गरेको यस चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेजु योञ्जनलगायतले अभिनय गरेका छन । अभिनेता रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता एवं निर्मल शर्मा कार्यकारी निर्माता रहेका छन् ।

 

यो चलचित्र अभिनेता रमेश उप्रेती र अभिनेत्री दीपिका प्रसाईका लागि विशेष मानिएको छ । लामो अमेरिका बसाइपछि निर्मल शर्मा निर्देशित चलचित्र ब्रासलेटबाट अभिनयमा कमब्याक गरेका उप्रेतीलाई सो चलचित्रले खासै स्थापित गर्न सकेन । पछिल्लो समय पढेका, क्षमतावान् एवं नयाँ सम्भावना लिएर आएका प्रभावशाली अभिनेताहरूमाझ आफूलाई उभ्याउनु रमेशका लागि त्यति सजिलो छैन । तापनि चलचित्र ऐश्वर्यबाट उनी निकै आशावादी छ ‘चलचित्र ऐश्वर्यलाई स्टाइलिस बनाउने प्रयास गरेका छौं’, अभिनेता उप्रेतीले भने, ‘नेपालको सुन्दरतासँगै नेपाली प्राविधिकले पनि यो स्तरको चलचित्र दिन सक्छ भन्ने उदाहरण बन्ने कोसिस गरेका छौं ।’

रमेशजस्तै अभिनेत्री दीपिका प्रसाई पनि अहिले यो चलचित्रको व्यग्र पखाईमा छिन् । हरेक कलाकारलाई डेब्यु चलचित्रले अर्थ राख्ने गरेको छ । राम्रो टिमसँग काम गर्ने मौका पाएकाले उनी जति आशावादी छिन त्यत्तिकै मेहनत पनि गरेकी छन् । ‘यो चलचित्रमा समेटिएको पहिलो गीतबाट पाएको प्रतिक्रियाले म निकै उत्साहित छु’, उनले भनिन्, मेरो पहिलो चलचित्र भएकाले दर्शकमाझ नपुगेसम्म केही भन्न सक्दिनँ तर राम्रो गर्ने कोसिस गरेको छु ।’

प्रतिकृया दिनुहोस

Annapurna635x90_1