MENU

जस्मिनबाट सेविकाको डेब्यु

635x90_1

अन्नपूर्ण शुक्रवार, भदौ २३, २०७४ 570 पटक पढिएको

Share This

635-X-85

सानैदेखि अभिनय एवं मोडलिङ क्षेत्रमा केही गर्ने सपना साँचेकी सेविका प्याकुरेल चलचित्र जस्मिनबाट रजतपटमा डेब्यु गरेकी छन् । मेहनत सार्थक भयो र भाग्यले साथ दियो भने यस क्षेत्रबाट छोटो समयमै नाम, दाम कमाउन सकिन्छ । रंगीन संसारमा भविष्य अज्माउने जस्मिनको यात्रा त आरम्भ भएको छ तर यस क्षेत्रमा उनी कतिको सफल हुने हुन् त्यो भने समयले तय गर्नेछ ।

हरित नगरीका रूपमा चिनिएको इटहरीमा रही मोडलिङ क्षेत्रमा क्रियाशील सेविका अभिनीत पहिलो चलचित्र जस्मिन टिम वीरगन्ज आसपासमा छायांकन सकेर राजधानी फर्किएको छ । बाँकी छायांकन राजधानीमै हुने निर्माण पक्षले जनाएको छ । नृत्यमा राम्रो दक्खल राख्ने उनले नायिकामा हुनुपर्ने सीप र कला आफूमा भएकाले यस क्षेत्रका सफल हुने विश्वास लिएकी छन् । शंकर कार्की निर्देशित यस चलचित्रमा सेविकाका साथै केकी अधिकारी, सुनील थापा, रूपा रानालगायतको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1