MENU

बब मार्ली

635x90_1

अशोक सिलवाल शनिवार, भदौ २४, २०७४ 1055 पटक पढिएको

Share This

635-X-85

सिटी टुर

 

'नो वुमन, नो क्राई ... ।'

त्यसैगरी
'गेट अप, स्ट्यान्ड अप ... ।'
त्यसैगरी
'बफेलो सोल्जर ... ।'
त्यसैगरी अरू असंख्य यस्तै विश्वप्रिय गीत अर्थात् बब मार्ली । मार्लीको देश जमाइकाभन्दा पहिले मैले उसलाई चिनेको हुँ । अझ त्यसभन्दा पहिले मैले उसका गीत सुनेको हुँ । जसरी भारतभन्दा पहिले सायद मैले महात्मा गान्धी चिनेको हुँ । अमेरिकाभन्दा पहिले अब्राहम लिंकन चिनेको हुँ । म्यानमारभन्दा पहिले आङसाङ सुकी र साउथ अफ्रिकाभन्दा पहिले नेल्सन मन्डेला चिनेको हुँ । अर्जेन्टिनाभन्दा पहिले म्यारोडोना अनि ब्राजिलभन्दा पहिले पेले चिनेको हुँ ।

Ashok-Silwalयी थोरै यस्ता मान्छे हुन्, जो देशभन्दा बढी परिचित भए विश्वभर । उदाहरणीय भए ।
बब मार्ली (१९४५-१९८१) जम्मा ३६ वर्ष बाँच्यो । होइन, म झुट बोल्दैछु । ऊ मरेकै छैन । उसका गीतहरूले उसलाई कहिल्यै मर्न दिने छैन । उसका जीवनवादी गीतहरू ऊ बाँचिरहेको सबैभन्दा बलियो प्रमाण हो ।म शिवरात्रिको त्यो दिन बब मार्लीको देशको एकजना नागरिकसँग थिएँ। मध्यान्ह १२ बजे ब्लु होराइजनबाट फोन आयो, 'सर एकजना गेस्ट छ । तपाईंले जसरी पनि भक्तपुर र नगरकोट घुमाइदिनु पर्‍यो ।'

छोरी र श्रीमतीसहित म पाटनस्थित आफन्तकहाँ थिएँ । उसलाई त्यही बताएँ ।
'बरु तपाईं जहाँ हुनुहुन्छ, म गाडी, ड्राइभर र गेस्टलाई त्यहीँ पठाइदिन्छु', सन्तोषले भन्यो ।
एक घन्टापछि हामी पाटन दरबारको ढोकामा भेटियौं । ढोकामै भेटिएर पनि हामी पाटन दरबार भने छिरेनौं । सिधै भक्तपुर हिँड्यौं ।

 

निकै मोटा ओठ, घुमे्रको कपाल, दुवै पाखुरामा टाटु, कानतिर ढल्केको क्याप, कलरफुल स्यान्डो आदि । कालो वर्णको क्लफ स्मिथलाई मैले त्यस्तो अवतारमा देखेँ ।
'हेलो म्यान !', उसले मसँग बोलेको पहिलो शब्द थियो ।उसले पनि केही हरफ फेरि दोहोर्‍यायो । तर, उसले गीत स्वरले मात्र गाएन, दुवै हातका बूढी, चोर र कान्छी औंला तेस्र्याउँदै र बीचका बाँकी दुई अैँाला खुम्च्याएर निकै मजाले हिपहप स्टाइलले हात पनि हल्लायो ।

भक्तपुर हुँदै हामी नगरकोट लाग्यौं । कमलविनायक कटेपछि ऊ झ्यालबाट बाहिर हेर्न व्यस्त देखियो । सुडाल पुगेपछि बल्ल बोल्न थाल्यो । काठमाडौं उपत्यकालाई घेरेका पहाडलाई हेर्दै भन्यो, 'हाम्रो देश पनि ठीक यस्तै छ । सडकमा जनावरहरू देख्न सकिन्छ । पहाडहरू यति नै अग्ला छन्।'

ब्लु माउन्टेन जमाइकाको सबैभन्दा अग्लो चुचुरो हो जसको उचाइ दुई हजार दुई सय ५६ मिटर छ । खासमा उसले नेपालको सगरमाथा (८८४८ मि.) को उचाइसँग ब्लु माउन्टेनलाई तुलना गरेकै थिएन । उसले त उपत्यका वरपरका फुलचोकी (२७८२ मि.), चन्द्रागिरि (२५५१ मि.), चम्पादेवी (२२७८ मि.), शिवपुरी (२७३२ मि.), नगरकोट (२१९५ मि.) लगायतका पहाडहरूसँग तुलना गर्दै भनेको हुनुपर्छ । यिनीहरूमध्ये नगरकोट ब्लु माउन्टनेभन्दा ६१ मिटर होचो छ ।

बब मार्लीको खास नाम रोबर्ट नेस्टा मार्ली हो । तर, ऊ बब मार्लीको नामले विश्वविख्यात भयो र छोरो जिग्गी मार्लीलाई पैसाले जीवन किन्न सकिँदैन भन्ने अन्तिम वाक्य बोलेर जीवनबाट बिदा भयो ।

उसले नगरकोट जाँदै गर्दा अरू थुप्रै कुरासँग जमाइका र नेपालको तुलना गरिरह्यो । र, भनिरह्यो, 'नेपाल इज भेरी सिमिलर टु जमाइका ।'
'विश्वभर जमाइका छ । त्यसको जगमा बब मार्ली छ', मैले भनें ।
उसले भन्यो, 'विश्वभर जमाइका छ । त्यसको जगमा रोबर्ट नेस्टा मार्ली पनि छ ।'
'को हो त्यो ? ', मैले बुझ्न चाहेँ ।
'त्यति पनि तिमीलाई थाहा छैन ? ', आश्चर्य मिसाएर उसले सोध्यो ।
'छैन', दायाँबायाँ नसोची मैले भनेँ ।
'त्यसो भए तिमीलाई बब मार्लीबारे खास कुरा नै थाहा रहेनछ,' मलाई उल्लु ठाने झैं गरी उसले भन्यो ।
'भन्नाले ? ', फेरि पनि मैले जिज्ञाशा राखेंँ ।
'बब मार्लीको खास नाम रोबर्ट नेस्टा मार्ली हो । तर, ऊ बब मार्लीको नामले विश्वविख्यात भयो र छोरो जिग्गी मार्लीलाई 'पैसाले जीवन किन्न सकिँदैन' भन्ने अन्तिम वाक्य बोलेर जीवनबाट बिदा भयो', क्लफले विषयलाई निकै प्रस्ट्यायो ।
'जिग्गे आफैं पनि गायक हो । उसले बाबुको गायनलाई पछ्याइरहेको छ । प्रसिद्ध संगीत शैली 'रेगिटोन'का लागि ऊ निकै प्रसिद्ध छ । जमाइकन र स्पेनिस मिसिएको स्वाद पाइन्छ यो संगीतमा । यसमा हिपहप र र्‍यापमात्र होइन, ल्याटिन अमेरिकन र क्यारेबियन म्युजिकको फ्लेवर पनि हुन्छ', छोरो जिग्गेबारे उसले थप्यो ।

'बबले संगीतलाई समाज र परिवर्तनसँग जोड्यो । उसका गीतहरूमा मानिस आफ्ना कठिनाइहरू बिर्सेर नाच्न सक्छन् । त्यो उसको गीतको सबैभन्दा बलियो पक्ष हो', मैले पनि मार्लीबारे आफ्नो भनाइ राखेँ ।
लगातार ऊ मार्लीबारे थप्दै थियो । विपरीत दिशाबाट आएको एउटा मोटरबाइकको हेटलाइटमाथि बब मार्लीको पोस्टर देखेँ । उसलाई देखाएँ । ऊ निकै खुसी भयो । एक छिनमा एउटा ट्रकमा पनि बब मार्लीको पोस्टर मैलेभन्दा पहिले उसले देख्यो । मलाई देखायो ।
मैले भने, 'तिमीले हेर्दै गयौ भने च्वे ग्वेभारा र बब मार्लीको तस्बिर अंकित टिसर्ट र टोपी लगाएका थुप्रै मान्छे नेपालमा जहाँतहीँ भेट्छौं । बब मार्ली नेपालीको छाती र टाउकोमा छ, जो तिमी टिसर्ट र टोपीमा देख्न सक्छौ', मैले भनेको उसले पत्यायो । नभन्दै संयोगले अलि अगाडि मार्लीको तस्बिरअंकित टिसर्ट लगाएको एउटा युवक सडकछेउ हिँडिरहेको हामीले प्रस्टै देख्यौं । ऊ अझ धेरै खुसी भयो ।

नगरकोट हिँड्नुअघि भक्तपुरमै सोध्दा उसले भोक नलागेकोले केही पनि नखाने भनेको थियो । 'चीसो तातो केही पिउने कि ? ', त्यसोभन्दा पनि उसले केही नपिउने भनेको थियो । केही मिनेटपछि जब हामी कारनजिक आइपुग्यौं, मैले मिनरल वाटर किनेँ । ऊ पनि फेन्टा खान्छु भन्दै हुत्तिएर किराना पसल आयो । मैले उसलाई मिनिजम्बो फेन्टा किनिदिएँ ।
उसले पैसा तिर्न खोज्यो । मैले पर्दैन भनेँ । तर, पनि ऊ तिर्न खोजी नै रहेको थियो । ऊ र पसले दुवैसँग चानचुन नभएपछि मेरो इच्छाबमोजिम मैले नै पैसा तिर्न पाएँ ।

हामीले बब मार्ली, गीतहरू, रेगिटोन, ब्लु माउन्टेन आदिबारे निकै गहिरा कुरा गरेका थियौं । ऊ पछाडिको सिटमा मजाले फैलिएको थियो । कम्तीमा पनि एक सय किलोको थियो ऊ । तर, भद्दा र मोटो देखिएको थिएन । उसको उचाइ र कसिलो शारीरिक बनोटले ऊ 'फिट एन्ड फाइन' देखिन्थ्यो । तर, विस्तारै ऊ अलि लत्रिएजस्तो देखिन थालेको थियो । सायद थाकेर होला, म सोच्दै थिएँ ।
एकपटक यसो पछाडि फर्किंदा देखेँ, उसको एउटा हातमा मिनीजम्बो फेन्टाको बोतल थियो भने अर्को हातमा हातैमा हराउने सानो सीसी । 'के हो त्यो ? ', मैले सोधेँ ।
'यो निकै कडा भोड्का हो । यो एउटा सानो सीसीको भोड्काले एउटा बियरले भन्दा बढी लाग्छ ।'
'कतिवटा खायौ ? '
'भक्तपुरबाट हिँडेपछि तीन ओटा सकियो ।'
हातमा रहेको त्यो सानो सीसी देखाउँदै भन्यो, 'र, यो चौथो ।' मेरो हातमा मिनरल वाटरको बोतल छँदै थियो, पछाडिबाट मतिर तन्किएर त्यसमा उसले चियर्स् गर्‍यो । मैले पनि 'चियसर््' भनें । तर, ऊ 'नो, नो' भन्दै थियो ।
'चियर्स्'को सट्टा ऊ पटकपटक 'सालु' भन्दै थियो । पछि उसले बुझायो,
'जमाइकन भाषामा चिर्यस् भनेको 'साल्टो' हो तर हामीहरू 'साल्टो'को सट्टा 'सालु' भन्छौं ।' त्यति भन्दै उसले फेरि 'सालु' गर्‍यो । मैले पनि 'सालु' भनिदिएँ ।
नगरकोट नजिकैको डाँडामा पुग्दा कुहिरोले बाटो पुरै ढाक्यो । ठ्याक्कै त्यही बेला सडकछेउमा काठैकाठको एउटा सानो होटेल भेटियो । हामी त्यहाँ रोकियौं । उसले मलाई र ऊ आफैंलाई भनेर एकएकवटा बियर मगायो । मैले खाँदिनँ भने पनि उसले मेरो लागि भनेर मगाएको बियर फिर्ता गरेन।

'तिमी नखाने भए म यसलाई मैसँग लैजान्छु', बियरलाई देखाउँदै उसले भन्यो । एकै छिनमा उसले एक बोतल बियर आधा रित्तायो । मैले चुरोट र स्प्राइट खाएँ ।
एक छिनमा उसको बोतल हेरेँ, त्यहाँ झन्डै आधा गिलास बियर बाँकी रहेको देखें ।
बोतल देखाउँदै भनें, 'बियर बाँकी रहेछ, खत्तम गरिदेऊ ।'
'तिमी त मेरो दाइ जस्तै रहेछौ । उसले पनि मलाई सधैं यस्तै भन्ने गर्छ, जब म बोतलमा बियर बाँकी राख्ने गर्छु । बोतल पूरै नरित्याएसम्म तिमीले जे भन्यौ, ऊ पनि त्यही भनिरहन्छ', उसले मलाई उसको दाइसँग तुलना गर्‍यो ।
टेबलमा एउटा नखोलको बियरलाई साक्षी राखेर हामी गफिँदै थियौं । शिवरात्रिको सन्दर्भ पारेर होटेल साहुले एक्कासि सोध्यो, 'खाने हो ? बनाइदिऊँ ? '
'के ? '

'शिव बुटी', उसले एउटा हातको हत्केलामा अर्को हातको बूढीऔंला रगड्दै भन्यो ।
मैले क्लफलाई शिवबुटी भनेको गाँजा हो भनेर बुझाइदिएँ ।
त्यसपछि ऊ त निकै एक्साइटेड भइहाल्यो । गाँजा शिवरात्रिको पर्यायझैं रहेको बताउँदै यो दिन धेरै नेपालीले गाँजा खाने गरेको मैले बताएँ ।
'तिमीहरूकहाँ त वर्षको एक दिन मात्र गाँजाको दिन रहेछ । हामीकहाँ हरेक दिन गाँजाको दिन हो । त्यो हाम्रो जीवनको एउटा अभिन्न सभ्यता हो', उसले भन्यो । 'त्यतिमात्र होइन, जसरी यहाँ सिगरेट (तमाखु भरिएको चुरोट) सामान्य छ, त्यसैगरी हामीकहाँ विड्गेट (गाँजा भरिएको चुरोट) सामान्य छ', उसले थप्यो ।

साहुले दुई स्टिक बनाउन पुग्ने गाँजा ल्याइदियो । क्लफले पूरै प्रोफेसनल स्टाइलमा कत्ति पनि ढिलो नगरी मज्जाले दुई स्टिक बनायो । पालैपालो दुवै स्टिक खत्तम पनि गरिहाल्यो । तर, त्यसअघि उसले गाँजाको टुक्रा दाँतले च्यापेर सेल्फी पनि हानेको थियो ।
उसले सेल्फी हान्दै गर्दा काठैले बारेको अर्को कोठाबाट साहुजीको ह्यान्डस्फ्री गरिएको फोन संवाद सुनियो ।
संवाद यस प्रकार थियो ।
'इन्डियन गेस्ट छ । तिमीलाई पाँच हजार रुपियाँ आउँछ ।'
'केटा कस्तो छ ? '
'केटा कस्तो छ थाहा छैन तर उसलाई तिमीले खुसी बनायौ भने टिप्स पनि राम्रै दिन्छ रे ।'
'कति घन्टा बस्नुपर्छ रे ? '
'रातभरि ।'
'त्यति पैसामा त रातभरि बस्दिनँ ।'
'बस्देऊ न । अरू बेला सधैं रातभर त बस्नुपरेको थिएन नि ।'
'हुन्छ, हुन्छ ।'
त्यति भनिसकेर केटी हाँसी । क्लफले केही बुझेन तर मैले जे सुनें, सबै बुझेँ र सारमा मलाई निकै नरमाइलो लाग्यो । म हाँस्न सकिनँ ।
हामी नगरकोट उकालियौं । ऊ मस्त थियो ।
'हे म्यान', हाँसेर उसले मलाई भन्यो ।
'यस म्यान', मैले पनि हाँसेर भनिदिएँ ।
'आई एम इन्जोइङ टाइम इन नेपाल', सन्तुष्टिको सुस्केरा निकाल्दै उसले भन्यो ।
'इट्स् गुड्', मैले हाँस्दै भनेँ ।
'के गुड भन्छौ ? शिवबुटीको एक सर्को पनि तानेनौं तिमीले ? ', त्यति भनिसकेर ऊ अलि रिसाए झैं गर्‍यो ।
'यसबाट म पहिल्यै घाइते भइसकेको छु । त्यसैले मैले नतानेको हो । अन्यथा तिम्रो हार्दिक अनुरोध म कसरी टार्न सक्थें ? ', मैले कारण बताएँ ।
'के भएको थियो भन', उसले जान्न चाह्यो ।
'झन्डै दस वर्षपहिले एक दिन अरू थुप्रै पटक जसरी नै मैले गाँजा ताने । त्यसपछि त मलाई लाग्यो, म मरिसकेँ । अब मलाई जलाउनेछन् । तीन दिनपछि मात्र मैले म नमरेको थाहा पाएँ', मैले भनेँ।

मैले उसलाई मेरो गाँजा स्मृति विस्तृतमा बताएको थिएँ । त्यसपछि ऊ निकै हाँसेको थियो ।
'गाँजा लागेपछि कोही निकै डराउँछन् । कोही रोइरहन्छन् । कोही हाँसिरहन्छन् । तिमी ... ', मैले वाक्य पूरा गरिसकेको थिइनँ ।
'हो, म चाहिँ हाँसिरहन्छु', उसले गाँजाको सुरमा हाँस्दै भन्यो । गाँजामात्र होइन, उसलाई त बियर र भोड्काको सुर पनि थियो । त्यसपछि झनै रमाइलो भयो । जुनसुकै कुरामा ऊ हाँसिरह्यो । कुनै कुरै नहुँदा पनि ऊ हाँसिरह्यो ।

'तिमी मेरो पहिलो जमाइकन गेस्ट हौ । र, तिमीले ममाथि निकै सकारात्मक प्रभाव पार्‍यौं । त्यसैले तिमीमात्र होइन, सबै जमइकनहरूप्रति मेरो सोचाइ सकारात्मक बनेको छ', जब मैले त्यसो भनें, उसले आफ्नो हात मतिर लम्काउँदै भन्यो, 'थ्यांक्यु भेरी मच माई नेपाली फ्रेन्ड ।'
त्यसपछि उसले आफ्नो मोबाइललाई कारको स्पिकरमा जोड्यो । नेपाली सडकमा निरन्तर बब मार्लीको मात्र होइन, अरु थुप्रै जमाइकन गायकहरूको गीत बज्न थाल्यो । कति गीतका केही शब्द मैले बुझें । धेरै गीतको धेरै अर्थ र आसय उसले मलाई बुझायो ।

हामी नगरकोटबाट काठमाडौं फर्किदै थियौं । निदाउन खोजेजस्तै भइसकेको उसले आधा रित्तिएको बियरको बोतललाई दुई हातले समाएर दुई तिघ्राबीच राखेको थियो । बाटो खाल्डाङखुल्डुङ भएकोले कार हल्लिँदै अगाडि बढिरहेको थियो । कारको पछाडि सिटमा बसेको ऊ पनि हल्लिरहेको थियो । ऊसँगै बोतल त झन् नहल्लने कुरै भएन ।म पछाडि फर्केर आँखा चिम्लेको क्लफ र हल्लिरहेको बोतल हेरेर एक्लै हाँसिरहें । ऊ हाँसिहासी, नाचिनाची निदाएजस्तो देखिएको थियो । उसलाई हेरेर म एक्लै हाँसिरहेँ ।

'हेलो' भन्दै मैले पनि ऊतिर हात बढाएँ । उसले निकै दह्रोसँग हात मिलायो । ऊ जमाइकाको सबभन्दा ठूलो सहर किङ्स्टनबाट आएको रहेछ । किङ्स्टन जमाइकाको राजधानी हो ।
भक्तपुरमा उसले बुद्धको थान्का किन्यो र जीवनका अनेक खुसी र दुःखबारे केही बोल्यो । उसको आवाजमा बब मार्लीको गीतजस्तै प्रस्टता थियो । मैले मार्लीको फ्यान भएको बताउँदै उसका केही गीतका केही हरफ सुनाएँ । उसले धाप मार्दै भन्यो, 'यस यु आर रियल फ्यान । यु प्रुभ्ड इट ।'

प्रतिकृया दिनुहोस

Annapurna635x90_1