MENU

दोस्रो अरुणिमा कप फुटबल अन्तर्गत पहिलो चरणका खेल सम्पन्न

635x90_1

अन्नपूर्ण आइतवार, भदौ २५, २०७४ 309 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : दोस्रो अरुणिमा कप फुटबल अन्तर्गत शनिबार दोस्रो चरणका खेल सम्पन्न भएका छन् । अरुणिमा शैक्षिक प्रतिष्ठानको खेल मैदान बौद्धमा अन्तर विद्यालय स्तरीय ६–ए साईड फुटबल प्रतियोगिताका दोस्रो चरणका खेल सकिएका छन्।

शनिबारको खेलमा अरुणज्योति माविले बिपुल शिक्षा निकेतनलाई २–१ गोलले हराएको छ भने दोस्रो खेलमा विद्यासागर सेकेण्डरीले इन्द्रवती पब्लिक स्कुलमाथि ४–१ को जित दर्ता गरेको छ ।

शनिबारको खेल अन्तर्गत आयोजक अरुणिमा सेकेण्डरी स्कुलले रिडर इन्टरनेसनल स्कुललाई ४–१ ले पाखा लगाएको छ भने नव अरुणिमा माविले विद्यासागर माविमाथि ७–१ को फराकिलो जित निकालेको छ ।

क्वाटरफाइनल र सेमिफाइनलका खेल भाद्र ३१ गते सम्पन्न हुने अरुणिमाका अतिरिक्त क्रियाकलाप सहायक खेमराज ढकालले जानकारी दिए ।
अघिल्लो शनिबार पहिलो चरणका अन्य खेल सम्पन्न भएका थिए ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1