MENU

सुन तस्करी प्रकरण

635x90_1

अन्नपूर्ण मंगलवार, भदौ २७, २०७४ 623 पटक पढिएको

Share This

635-X-85

नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको ‘क्रीडास्थल'मा मात्रै रूपान्तरित छैन, माफिया र तस्करहरूका लागि ‘सुरक्षित भूमि' समेत बन्दै गएको छ। सुन तस्करीको ट्रान्जिटका रूपमा विकसित नेपालमा पछिल्लो समय पटक-पटक ठूलो परिमाणमा अवैध सुन बरामद भएका छन्। सुनसँगै मालिक वा त्यसको तस्करीमा संलग्न मुख्य मानिस पक्राउ नपर्ने तर ओसारपसारमा प्रयोग हुने ‘भरिया' मात्रै समातिने प्रवृत्ति यसपालिसमेत दोहोरिएपछि पछिल्लो प्रकरण थप रहस्यमय बन्दै गएको छ।

 

तस्करीमा संलग्न मुख्य मानिस भनिएका चिनिया“ नागरिक वान विई मिङ फरार छन् । के यसमा चिनिया“ नागरिक मात्रै संलग्न छन् ? यसमा र यसखाले तस्करी सञ्जालमा नेपालीहरूको प्रयोग के-कसरी हु“दै आएको छ । केरुङ हु“दै काठमाडौं आउ“दा १३ वटा सुरक्षा नाका पार गर्नुपर्ने हुन्छ । कसरी भित्रियो त्यत्रो परिणाममा सुन ? बरामदपछि अनेक प्रश्न उब्जेका छन् तर त्यसको चित्तबुझ्दो जवाफ गृहप्रशासनले दिन सकेको छैन । त्यो भन्दा पनि राजनीतिक नेतृत्वले सा“धेको मौनता आश्चर्यजनक छ।

तस्करीलगायत कालोबजारी बढ्दै जाँदा त्यसले मुलुकको अर्थतन्त्रलाई गम्भीर असर त पार्छ नै, संगठित अपराधलाई समेत बढावा दिन्छ । बारम्बार दोहोरिने यस्ता घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमै गम्भीर धक्का लागेको छ । चीनबाट नेपाल हुँदै भारत जाने हुनाले तस्करी गरिने सामान योजनाबद्ध रूपमा सीमाबाट कटाउन ठूलै समूह संलग्न छ भन्ने पुष्टि हुन्छ । यो समूह ‘स्थायी' रूपमा यस्तो गतिविधिमा संलग्न रहेको पनि सहजै अनुमान गर्न सकिन्छ।

यसरी तस्करीको ‘स्थायी' सञ्जाल विकास भइरहँदा त्यसको नियन्त्रण गर्न नसक्नुले सुरक्षा निकायको प्रभावकारितामाथि गम्भीर प्रश्न उठ्छ।
सुन प्रकरणका विषयमा सञ्चारमाध्यममा व्यापक प्रश्न उठेपछि सरकारले छानबिन समिति गठन गरेको छ। अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागको निर्देशकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । तर, यो समितिका आफ्नै सीमितिता छन् । यसले भन्सार हु“दै सुन के-कसरी भित्रियो, त्यहा“ के-कस्ता अनियमितता र कमजोरी रहेछन्, त्यसको खोजबिन गर्न सक्छ । समिति गठनसँगै सुन प्रकरणलाई लिएर प्रश्नहरू उठेपछि त्यसलाई तटस्थीकरण गर्न मात्रै गठन गरिएको हो कि यसबारे गहिरो छानबिन गर्न ? गठनसँगै प्रश्न उठेको छ।

नेपाललाई ट्रान्जिट बनाई चीनबाट भारततर्फ सुन तस्करी पहिल्यैदेखि हुने गरे पनि बजारमूल्यअनुसार ४३ करोड बराबरको यो अहिलेसम्म प्रकाशमा आएको सबैभन्दा ठूलो तस्करी हो। सुनलगायत रक्तचन्दन, अमेरिकी डलर, वन्यजन्तुका अंग र अन्य जडीबुटी तस्करीमा चिनियाँ, नेपाली र भारतीय तस्करहरूको समूह सक्रिय छ। यो तहको तस्करी हुनु यसका पछाडि हाम्रा संयन्त्र पनि प्रभावित छन् भन्ने देखिन्छ। त्यसकारण जबसम्म गृह र अर्थ अन्तर्गतका हाम्रा संयन्त्र तस्करबाट प्रभावित भइरहन्छन्, तबसम्म यसखाले अवैध कारोबार रोक्न असम्भवप्रायः छ। यसलाई रोक्न अर्थ र गृहप्रशासन प्रतिबद्ध र जवाफदेही हुनुपर्छ।

बढ्दो तस्करीले नेपालमा कानुनी शासन अत्यन्तै कमजोर हुँदै गइरहेको संकेत गर्छ । नेपाली राज्यमा तस्कर र भ्रष्टाचारीको प्रभाव बढ्दै गइरहेको बलियो उदाहरण हो । राज्यले सुरक्षा र सुव्यवस्था कायम राख्नुपर्नेमा राज्यशक्तिको दुरुपयोग गरेर तस्करी गरिनु गम्भीर विषय हो। तस्करी नियन्त्रण गर्न सुरक्षा संयन्त्र चनाखो हुनु आवश्यक छ । ‘भरिया' सम्म पुग्न सकेको सुरक्षा संयन्त्रको पहुँच अदृश्य सञ्जाल र व्यक्तिहरूसम्म पुग्न सक्नुपर्छ । यतिबेला सुरक्षामा खटिएका प्रहरी, उच्चपदस्थ अधिकारी र राजनीतिक नेतृत्वकै संरक्षणमा तस्करी मौलाइरहेको अनुमान र आशंका भइरहँदा त्यसमाथि थप अनुसन्धान आवश्यक छ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1