MENU

पर्यटन क्षेत्रको विकासबारे छलफल

635x90_1

अन्नपूर्ण मंगलवार, भदौ २७, २०७४ 68 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा पर्यटन क्षेत्रका चुनौती तथा विकासका सम्भाव्यता विषयक छलफल कार्यक्रम आयोजना भएको छ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवको प्रमुख आतिथ्यमा आयोजना भएको उक्त कार्यक्रममा सहभागी उद्यमी व्यवसायीले तीन वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक महत्वका सम्पदा अहिलेसम्म पनि टेकोकै भरमा रहनु दुःखद भएको बताए।

पर्यटन विकास र प्रवद्र्धनमा सरकारको उच्च प्राथमिकता रहेको भनिए पनि त्यसबाट अपेक्षित प्रतिफल आउन नसकेको उनीहरूको गुनासो छ। भूकम्पपछि पर्यटन क्षेत्र झनै जीर्ण बन्दै गएको व्यवसायीको विश्लेषण छ।

सडकलगायतका पूर्वाधार क्षेत्रको विकास र मर्मत हुन नसकेका कारण नया“ पर्यटकीय गन्तव्यको विकास हुन नसक्नु, नेपाल आउन चाहने पर्यटकका लागि आवश्यक अन्तर्राष्ट्रिय विमानस्थलको अभाव तथा हवाई सञ्जालको कमी हुनु, भएका पर्यटकीय क्षेत्र पनि उचित रेखदेखको अभावमा जीर्ण बन्दै जानुलगायत कारणबाट पर्याप्त सम्भावना हुँदाहुँदै पनि पर्यटन क्षेत्र अगाडि बढ्न नसकेको व्यवसायीको भनाइ छ।

पर्यटन क्षेत्रको विकासमार्फत मुलुकको समृद्धि चाहने हो भने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने, गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्नुपर्ने, टीआईएलाई चौबीसै घण्टा सञ्चालन गर्न मिल्ने गरी स्तरोन्नति गर्नुपर्ने, अन्य विमानस्थलको क्षमता विस्तार गर्नुपर्नेलगायत सुझाव व्यवसायीले दिएका छन्।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1