MENU

यो हो विश्‍वकै लामो दुरी यात्रा गर्ने स्पेस मिसन 'भोएगर'

patan-college

एजेन्सी मंगलवार, भदौ २७, २०७४ 6317 पटक पढिएको

Share This

635-x-85

२० अर्ब किलोमिटरको यात्रा तय

एजेन्सी: नयाँ नयाँ खोज गर्नु मानिसको स्वभाव हो। उसले नयाँ-नयाँ खोजी गरिहरेको हुन्छ। त्‍यही पनि केही न केही कुारमा सधैं असन्तुष्टि व्‍यक्त गरिरहेका हुन्छ। यसले नयाँ चीज सृजनामा मद्दत पुग्छ।

 

वैज्ञानिकले विशेष गरी नयाँ नयाँ खोज गरिरहेका हुन्छन्।उनीहरुले हालै विश्‍वकै लामो दुरी यात्रा गर्ने स्पेस मिसन 'भोएगर'ले २० अर्ब किलोमिटर दुरीको यात्रा तय गरेको अमेरिकी नेशनल स्पेस एडमिनिस्ट्रेशन नासामार्फत जानकारी गराएका छन्।

नासालाई उद्धृत गर्दै बीबीसीका पत्रकार रिचार्ड होलिङघामले भनेका छन्, 'भोएगर सौर्यमण्डल भन्दा पनि पर पुगेका छन्। उसले सौर्यमण्डको बारेमा खोज गरेर नयाँ सूचना पृथ्वीमा पठाइरहेका छन्।'

के हो भोएगर ?
आजभन्दा ४० वर्ष पहिले अर्थात् सन् १९७७ अगस्ट तथा सेप्टेम्बर महिनामा अमेरिकी स्पेस एजेन्सी नासाले दुई अन्तरीक्ष यान पृथ्वीबाट पठाएका थिए। यसैको नाम हो भोएगर एक र दुई।

भोएगर दुईलाई २० अगस्ट अमेरिकी स्पेश सेन्टर केप कनावरलदेखि छाडिएको थियो। अहिलेसम्‍म अन्तरिक्ष यान धर्तीबाट २० अर्ब किलोमिटर टाढा गइसकेको छ। तर उसले अहिले अर्को बाटो तय गरेर १७ किलोमिटरको यात्रा तय गरिसकेको छ।

यो दुरी भनेको भोएगर एकबाट पृथ्वीमा सन्देश वा सूचना आइपुग्‍न करिब ३८ घण्टा लाग्छ। त्‍यो पनि जब रेडियो सिग्नल ६ सेकेण्डमा एक किलोमिटरको दूरी तय गर्छ। यही गतिमा प्रकाश समेत चल्‍ने गर्दछ। यस्तै त्‍यही भोएगर २ बाट पृथ्वीमा सन्देश आइपुग्‍न ३० घण्टा लाग्छ। तर यो भोएगरको पनि आयु समाप्त हुँदै गएको छ।

यसकारण नासाले उसको सन्देशलाई सही तरिकाले लिने नयाँ रेडियो सिग्नल सेन्टर बनाएको छ। उसले सहरको ठूला सहरहरुमा ठूल्ठूला स्याटालाइट बनाएर त्‍यहाँबाट आउने सिग्‍नललाई सजिलै टिप्‍ने वातावरण बनाएको छ।

यो मिसनमा सुरुदेखि नै लागि परेका वैज्ञानिक एड स्टोन भन्छन्, ' आज यो भोएगर यति ब्रमाण्डमा यति टाढा पुगेको छ की जहाँ शून्य र अध्‍यारोबाहेक केही छैन। हामीलाई ब्रमाण्डको धेरै रहस्‍यहरु थाहा भएको छ। बृहस्पति, शनि अरुण तथा वरुण ग्रहको बारेमा सम्पूरु्ण जानकारी र रहस्‍यहरु थाहा भएको छ।'

साथै यो विशाल ग्रहको चन्द्रमाको बारेमा सम्पूर्ण जानकारी भोएगर मिसनबाट थाहा भएको उनको भनाई छ। भोएगर मिसनबाट जोडिएको अर्का वैज्ञानिक हुन मरहूम कार्ल सगन। सगनले भोएगर यानबाट ग्रामोफोन जोड्‍ने प्रोजेक्टरमा काम गरेका थिए। यसअघि उनी अमेरिकाको कर्नेल यूनिभर्सिटीमा एस्ट्रोफिजिक्स पढाउने गर्थे। पछि सगनले नासाको लागि काम गर्न थाले।

उनी मंगल ग्रहमा जाने पहिलो मिसनका सदस्‍य समेत हुन्। यति मात्रै नभएर उनले बालबालिकाको विज्ञानका धेरै रहस्‍यमय कुराहरुबारे किताब समेत लेखे। जसले उनलाई धेरै रेडियो तथा टेलिभिजन कार्यक्रममा सहभागी हुने मौका पाए।

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2