MENU

डीआईजी नवराज सिलवालको रिट खारेज (फैसलासहित)

635x90_1

अन्‍नपूर्ण मंगलवार, भदौ २७, २०७४ 44057 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

काठमाडौं :सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालको रिट निवेदन मंगलबार खारेज गरिदिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीसहित सात जना न्यायधीश संलग्न वृहत इजलाशले सिलवालको रिट खारेज गरेको हो ।

कार्यसम्पादन मूल्याङकनका आधारमा आईजीपीका लागि सिलवालले आफू प्रकाश अर्याल भन्दा अगाडि रहेको दाबीसहित रिट निवेदन दर्ता गराएका थिए ।

 

सिलवालको रिट खारेज भएपछि अर्याललाई आइजीपीका रुपमा सहज रुपमा काम गर्न थप मार्ग प्रशस्त भएको छ । चार डीआईजी मध्ये आफू कार्यसम्पादनमा अगाडि रहेको दाबी सिलवालको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदले डीआईजी जयबहादुर चन्दलाई आइजीपी नियुक्त गरेपछि एउटा र प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेपछि अर्को गरी सिलवालले दुई वटा रिट सर्वोच्च अदालतमा दायर गरेका थिए ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1