MENU

‘रियल स्कुल अफ नेपाल' सम्पन्न

635x90_1

अन्नपूर्ण बुधवार, भदौ २८, २०७४ 57 पटक पढिएको

Share This

635-X-85

काठमाडौं :  रियल स्कुल अफ नेपाल २०१७ को ग्रान्ड फिनाले तथा पुरस्कार वितरण समारोह सुशील केडिया विश्वभारती स्कुल ललितपुरमा हालै सम्पन्न भएको छ । प्रतियोगितामा नेपालगन्जको जय बागेश्वरी सेकेन्डरी स्कुल रियल स्कुल अफ नेपाल २०१७ घोषित भएको छ । विजयी विद्यालयबाट विद्यार्थी विपना उपाध्याय, दिपेश थापा, सुरज भण्डारी, करिस्मा पोखरेल, आएसा कार्की र अभिषेक खत्री सहभागी थिए ।

ललितपुरको जेम्स हाइयर सेकेन्डरी स्कुल र नारायणघाटको सैनिक आवसिय महाविद्यालय रियल स्कुल अफ नेपाल २०१७ को क्रमशः दोस्रो र तेस्रो विजयी विद्यालय घोषित भएका छन् । रियल स्कुल अफ नेपालका विजयी विद्यालयले नगद एक लाख र विजयी विद्यालयबाट सहभागी प्रत्येक विद्यार्थीले एक ल्यापटप प्राप्त गरेका छन् । साथै, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । सोही विद्यालयका सहभागी विद्यार्थीले क्रमशः जनही पाँच हजार र तीन हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जानकारी दिएको छ ।

मुलुकको अग्रणी फ्रुट जुस ब्रान्ड रियल फ्रुट जुसले विद्यालयका बालबालिकाको प्रतिभा र आत्मविश्वास उजागर गर्न विभिन्न विद्यालयस्तरका क्रियाकलाप र प्रतियोगितालाई सहयोग गर्दै आएको छ । ‘रियल स्कूल अफ नेपाल' राष्ट्रिय स्तरको प्रतियोगिता हो जहाँ देशभरका विद्यालय रियल स्कुल अफ नेपाल बन्नका लागि प्रतिस्पर्धा गर्छन् ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1