MENU

माछापुच्छ्रे बैंकको माछापुच्छ्रे महोत्सव

635x90_1

अन्‍नपूर्ण बुधवार, भदौ २८, २०७४ 79 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

काठमाडौं: माछापुच्छ्रे बैंक लिमिटेडले बैंकिङ कारोबार सुरु गरेको १७ वर्ष पूरा गरेको अवसरमा माछापुच्छ्रे महोत्सव सञ्चालन गरेको छ।

पोखराबाट २०५७ सालमा बैंकिङ कारोबार सुरु गरेको बैकले हाल ६२ वटा शाखा कार्यालय, चारवटा एक्स्टेन्सन काउन्टर, चारवटा शाखारहित सेवालगायत ८१ वटा एटीएमबाट देशभरिका पाँच लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

सोही अवसरमा बैंकले ग्राहकलाई निःशुल्क डेबिट कार्ड, कर्जा सेवा शुल्कमा छुट, वार्षिक लकर शुल्कमा छुट, माछापुच्छ्रे मोबाइल मनी जारी शुल्कमा छुट र माछापुच्छ्रे क्रेडिट कार्डमा छुटलगायत उपहार प्रदान गर्ने भएको छ। महोत्सव असोज मसान्तसम्म चल्ने बैंकले जनाएको छ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1