MENU

बुम रेमिट र एनबी बैंकबीच सम्झौता

patan-college

अन्‍नपूर्ण बुधवार, भदौ २८, २०७४

Share This

635-x-85_1

काठमाडौं: बुम रेमिटेन्स कम्पनी र नेपाल बंगलादेश बैंकबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ। सम्झौतापत्रमा बुम रेमिटेन्सका प्रबन्ध निर्देशक धीरेन्द्र पन्त र नेपाल बंगलादेश बैंकका नायव महाप्रबन्धक सुरेन्द्रभूषण श्रेष्ठले संयुक्त हस्ताक्षर गरेका छन्।

 

यो सम्झौतासँगै विदेशमा रहेका नेपालीले बुम रेमिटमार्फत रकम नेपाल बंगलादेश बैंकको शाखाबाट भुक्तानी लिन सकिनेछ । बुम रेमिटेन्सको नेपालका ७५ जिल्लामा चार हजारभन्दा बढी सब-ऐजेन्ट छन्।

नेपाल बंगलादेश बैंकको ४७ वटा शाखा र दुई एक्सटेन्सन काउन्ट थपिएका छन् । आन्तरिक सञ्जाल तीव्र रूपमा विस्तार गरिरहेको बुम रेमिटले विदेशमा पनि आफ्नो सञ्जाल विस्तारलाई तीव्रता दिने रणनीति बनाएको प्रबन्ध निर्देशक पन्तले बताए।

बुम रेमिटले विभिन्न बैंकसँग सहर्काय गरी विदेशमा समेत बजार प्रर्वद्धन गरी नेपाली कामदारको विदेशबाट नै खाता खोल्ने प्रबन्ध मिलाएको उनको जानकारी दिए।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost