MENU

सार्वजनिक भयो आईफोन एट र एट प्लस

patan-college

अन्नपूर्ण बुधवार, भदौ २८, २०७४ 6221 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : बहुप्रतिक्षित आईफोन एट र एट प्लस सार्वजनिक भएको छ। अमेरिकाको क्यालिफोर्नियामा मंगलबार आयोतिज एक भव्य समारोहबीच अमेरिकी कम्पनी एप्पलले आईफोन एट र एट प्लसको सार्वनिक गरेको छ। मोबाइलको मूल्य एक हजार डलरभन्दा बढी तोकिएको छ।

नयाँ आईफोन एट र एट प्लसको स्क्रिन ५.८ इन्च छ। नयाँ आईफोनको डिस्प्ले ओलिडमा स्विच छ। लामोदूरीबाट समेत चार्ज गर्न सकिने वायसलेस चार्जर सुविधारहेको आईफोनको बडी ग्लास र स्टिनलेस स्टिल छ। यसअघि युनिबडी आल्मुनियम डिजाइन रहेकामा अब आईफोन एट र एट प्लसको फ्रेम स्टिनलेस स्टिल र पछाडिपट्टी कडा ग्लास छ।

आईफोनमा आइकोनिक होम बटन छैन। होम बटन नभए पनि होम स्क्रिनमा फर्किन वा होम स्क्रिन ओपन गर्न सकिनेछ। नयाँ आईफोनमा फिङगरप्रिन्ट सेन्टर हराउनेछ। सेल्फी क्यामरालाई परिस्कृत गरिएको छ।

नयाँ आईफोन एट र एट प्लस कप्पर गोल्ड कलरमा आएको छ। यो ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज क्षमतामा उपलब्ध छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2