MENU

फ्यानको घेरामा निशान भट्टराई र बुद्ध लामा

635x90_1

अन्नपूर्ण बुधवार, भदौ २८, २०७४ 6840 पटक पढिएको

Share This

635-X-85

इटहरी/पोखरा : नेपाल आइडलका प्रतिष्पर्धी निशान भट्टराई आउने खबर थाहा पाएपछि केही दिनयता उनका समर्थकहरु दिन गन्दै बसेका थिए। विराटनगर, इटहरी हुँदै उर्लाबारी पुग्ने सेड्युलका कारण मंगलबार बिहानै इटहरीमा कार्यक्रमको लागि स्टेज बनाइएको थियो।

विराटनगरको कार्यक्रम सकेर इटहरी आएका उनले इटहरी उपमहानगरपालिका कार्यालय अघि रहेको महेन्द्र राजमार्ग छेवैमा बनाइएको स्टेजमा चढेर दुई वटा गीत गाए। त्यस्तै उनको लागि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले मञ्चमै गएर भोट समेत मागिदिए।

 

स्टेजमा उनले प्रस्तुती दिइरहँदा वरपर उनका फ्यानहरु निकै धेरै भइसकेका थिए। उनलाई हेर्नको लागि उर्लाबारीसम्मबाट युवायुवतीहरुको भीड लागेको थियो। भीड यति उग्र थियो कि भट्टराईले दुई वटा गीत मात्र गाउन सके। ‘समर्थकको भीडले स्टेज नै भत्काउला जस्तो भएपछि दुई वटा गीतमै कार्यक्रम सक्नु पर्यो,’ उनका समर्थक तथा कार्यक्रम सञ्चालक इटहरीका जीबी गजलले भने।

उनलाई प्रहरीले सुरक्षा दिएर स्टेजबाट त ओह्राल्यो, तर उनलाई इटहरी कटाउन सकेन। निशानलाई नजिकैको इलाका प्रहरी कार्यालय पुर्याइयो।

प्रहरीले उनलाई त्यहाँ केही समय राखेर सुरक्षाका साथ उर्लाबारी पठाउने योजना बनाउँदै थियो। तर दुई सय बढी समर्थकहरु प्रहरी कार्यालय अघि निशानलाई हेर्नकै लागि भेला भएका थिए। निशान र उनका समर्थकहरुको आग्रहका कारण उनलाई कार्यालयको छतमाथि चढाएर हेर्ने मौका दिइयो। निशानले समर्थकहरुलाई हात हल्लाएर अभिवादन गरे। टाढैबाट भएपनि समर्थकहरुले उनको फोटो मोबाइलले खिँचे।

त्यसपछि उनलाई इटहरीका डिएसपी सञ्जय राउतले प्रहरी भेनमा आफूसँगै राखे र बाहिर गए। प्रहरीको गाडीभन्दा अगाडी निशानलाई विराटनगरदेखि इटहरीसम्म ल्याएको एउटा कार थियो भने पछाडी पनि एउटा कार थियो। प्रहरी कार्यालयको गेटबाट बाहिर निस्किरहँदा निशान अन्तीमको कारमा होलान् भनेर उनका समर्थकहरुले अन्तीमको कारलाई हात हल्लाइरहेका थिए।

निशानको स्वागतमा जनसागर

विराटनगर : नेपाल आइडलका प्रतस्पिर्धी निशान भट्टराईको स्वागतमा गृहजिल्ला मोरङमा जनसागर उर्लिएको छ। सोमबार दिउँसो विराटनगर विमानस्थलमा ओर्लदा हज्जारौंको संख्यामा समर्थकहरु निशानको स्वागतका लागि पुगेका थिए। निकै हसिँलो अनुहार लगाएर विमानबाट ओर्लदै गर्दा निशानले पाएको समर्थकको साथ निकै आकर्षक देखिएको थियो।

निशानले विराटनगरको कन्चनवारी चोक, सुनसरीको इटहरी, मोरङको पथरी बजार र गृहनगर उर्लाबारी चोकमा आफ्नो प्रस्तुति दिएका छन। ती स्थानमा भएका कन्सर्टमा उनका समर्थकको थामी नसक्नुको घुइँचो लागेको थियो। निशानलाई प्रहरीको सुरक्षामा ती स्थानहरुमा भएका कार्यक्रममा सहभागी गराइएको थियो।

विराटनगरमा भएको कार्यक्रममा निशानलाई हौसला प्रदान गर्न विराटनगर महानगरका मेयर भीम पराजुली आफैं पुगेका थिए। मेयर पराजुलीले निशान पूर्वको मात्र नभएर पूर्वकै शान भएको बताउँदै भने,‘नेपाल आइडल बनाउन पूर्णत सहयोग गर्नेछु। म सबै शुभचिन्तकलाई भोट निशानलाई भोट हाल्न पनि आग्रह गर्दछु।’ निशानले आफूले नेपाल आइडलमार्फत आफूले आफ्नो स्रोता, फ्यान र दर्शकको माया पाउन कुनै कसर बाँकी नराख्ने बताए। एपीवान टेलिभिजन शो नेपाल आइडलको टप थ्रीमा पुगेका निशानले फेसनको राजधानी मानिने धरानमा पनि आफ्नो प्रस्तुति दिनेछन्।

पोखरामा बुद्ध लामालाई भव्य स्वागत 

पोखरा : नेपाल आइडलको फाइनलमा प्रवेश गरेका पोखरेली गायक बुद्ध लामालाई पोखरामा भव्य स्वागत गरिएको छ। एपिवान टेलिभिजनद्धरारा सञ्चालित चर्चित रियालिटी शोमा सहभागी लामालाई पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको हो। उनि नेपाल आइडलको टप थ्रि भित्र पर्न सफल भएपछि पोखरेली युवा र संगित प्रेमी उत्साहित छन्।

आफ्नो प्यारा गायक बुद्ध लामा पोखरा आउने भएपछि मंगलवार बिहानै देखि उनका फ्यान र बुद्ध लामा जिताऔं अभियानको टोली पोखरा विमानस्थल पुगेको थियो। बुद्ध लामा जिताऔं अभियानको आयोजनामा लामालाई बाजागाजा सहित पोखरा विमानस्थलमा स्वागत गरेका थिए। स्वागत पछि उनलाई बाजागाजा सहित पोखरा परिक्रमा गराइयो। स्वागत कार्यक्रममा युवा, बिद्यार्थी, संगित प्रेमी, तमाङ समाज र बुद्धका आफन्तको बाक्लो उपस्थिती रहेको थियो। गृह नगरमा आएका लामा निकै खुशि मुद्रामा पोखरेली फ्यानलार्ई अभिवादन गरेका थिए।

स्वागत गर्न पोखरा विमानस्थल पुगेका युवायुवतीहरू बुद्ध संग सेल्फी खिच्ने तछाडमछाड गरेका थिए। बुद्ध लामा जिताउँ अभियानको आयोजनामा बुद्धलाई जिताउन भोट माग्दै बाजागाजा सहित टोली पोखराको मुख्य बजार परिक्रमा गरेको थियो। पोखराको मुख्य बजार परिक्रमा पछि पोखराको जनप्रिय क्याम्पस अगाडी पुगेर शुभचिन्ताकहरू मझा लामाले एउटा गित प्रस्तुत गरेका थिए। मोहनी लाग्ला है गाउँलेको बोलीले बोलको गित प्रस्तु गर्दा दर्शकले वान्समोर वान्समोर भन्दै उनलाई हौसाएका थिए।

बुद्ध नेपाल आइडल बन्न योग्य राम्रो गायक भएकोले उनलाई जिताउँन अभियान संचालन गरिएको बुद्ध लामा जिताउँ अभियानका महासचिव मन क्षेत्रीले बताए।

गित प्रस्तुत पछि लामाले पोखरेलीको साथ र न्यानोमायाले आफुमा थप हौसला र आत्माविश्वा बढेकोे सुनाए। सम्पूर्ण नेपालीको माया र पोखरेलीको साथले आफु नेपाल आइडल बन्नेमा विश्वास छु लामाले अन्नपूर्ण संग भने।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1