MENU

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कोरियाको सहयोग

635x90_1

अन्नपूर्ण बुधवार, भदौ २८, २०७४ 917 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दक्षिण कोरियाको एक कम्पनीले एक करोड दुई लाख ५७ हजार ८७१ रुपैयाँ सहयोग गरेको छ।

 

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई बुधबार परारष्ट्र मन्त्रालयमा भेटेर कोरिया साउथ–इष्ट पावर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले सहयोग रकम हस्तान्तरण गरेका हुन्।

उपप्रधानमन्त्री महराले बाढिपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गर्दै कम्पनीले सुरु गरेको माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिएका थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले २१६ मेगावाटको अप्पर त्रिशुली-१ परियोजना भूकम्पका कारण केही समस्या भएपनि द्रूत गतिमा निर्माण कार्य अगाडि बढिरहेको बताए। उनले विद्युत् खरिद् सम्झौदा (पिपिए)लाई अघि बढाईदिन आग्रह समेत गरे।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1