MENU

राफल स्नाफल फेसन सोको पाँचौं संस्करण शुक्रबार

635x90_1

ईश्वरकाजी खाइजू बुधवार, भदौ २८, २०७४ 1758 पटक पढिएको

Share This

635-X-85

भक्तपुर : फेसन डिजाइनिंग तथा मोडलिंगलाई व्यवसाय एवं पेसाको रुपमा विकास गर्ने उद्देश्यले भक्तपुरमा पाँच वर्षअघिदेखि निरन्तर रुपमा राफल स्नाफल फेसन सो हुँदै आएको छ । यस वर्ष राफल स्नाफलको सिजन पाँच शुक्रबार भक्तपुरमा हुँदै छ ।

राफल इस्टिच्युट अफ फेसन एण्ड आर्ट (रिफा फेसन स्कुल) ले गर्ने यस फेसन सोको सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा रिफाका संयोजक एलेक्स बासुकलालो जानकारी दिएका छन् । फेसन सोमा १९ जना फेसन डिजाइनरले तयार गरेका पोसाकहरु सातवटा सिक्वेन्समा प्रस्तुत गरिने उनले जानकारी दिए ।

 

रिफाका कार्यकारी निर्देशक रमेश दुवालले उक्त फेसन सोमा ¥याम्प नाप्ने काठमाडौं उपत्यकासँगै काभ्रे, चितवन र मोरङका २६ जना मोडलको छनोट भई क्लोज क्याम्प भइरहेको बताए ।

भक्तपुर नगरपालिका ४ राममन्दिरस्थित टुरिजम मार्केटको तलेजु बान्क्वेटमा हुने फेसन सोको लागि कोरियोग्राफर र मोडलहरुले एक महिनाअघिदेखि अभ्यास गर्दै आएका छन् । त्यस्तै १९ जना फेसन डिजाइनरहरुले तीन महिनाअघि देखि आफ्नो डिजाइन, त्यसको थिम तथा तयारी, इन्स्पिरेसनलगायतबारे तयारी गर्दै आएको कार्यकारी निर्देशक दुवाल बताउँछन् ।

‘डिजाइनहरुले आआफ्नो सिक्वेन्सअनुसारको डिजाइनका एकदर्जन लुगासमेत तयार गरिसकेका छन्’, उनले भन्, ‘उक्त डिजाइनको लुगामा ¥याम्प नाप्ने मोडललाई फिट गराई फोटो सुटसमेत भइसकेको छ ।’

डिजाइनरहरु ईश्वरी श्रेष्ठ, रीतु मानन्धर र अनु शिल्पकारले तयार गरेको पार्टी वेयर सोको पहिलो सिक्वेन्स हो । उनीहरुले ग्लासबाट इन्स्पायर भएर पार्टी वेयर तयार गरेको बताएका छन् । उक्त डिजाइनमा इम्ब्रोइडरी र प्यात्च वर्क गरिएको छ ।

त्यस्तै रीता बम्जन र सुनिता लामाले अर्को पार्टी वेयर तयार गरेका छन् । प्रकृति थिम रहेको उनीहरुको डिजाइन फ्लोरल इन्स्पिरेसनमा छ । १९ देखि २५ वर्षका युवती एवं महिलालाई लक्षित गरी डिजाइन तयार गरिएको छ ।
शर्मिला श्रेष्ठ, सम्झना बासुकला र बिनु मचामसीले गर्मी यामको लागि अर्को क्याजुअल वेयर तयार गरेका छन् । हलुका फेब्रिक कपडामा डिजाइन गरिएको उक्त डिजाइनको लुगा लगाउनेलाई कन्फरटेबल महसुस हुने डिजाइनरहरुको दावी छ । १८ देखि २५ वर्षका युवतीहरुलाई लक्षित गरेर उक्त डिजाइन तयार गरिएको शर्मिला बताउँछिन् ।

यसैगरी सृजना तामाङ, स्मृति केसी र समीक्षा विष्टले जंगल थिममा जेब्रा इन्स्पिरेसनमा अर्को क्याजुअल वेयर डिजाइन र्सिजना गरेका छन् । उक्त डिजाइनर टीनएजर सुहाउँदो रहेको उनीहरुको भनाइ छ ।

त्यस्तै रक म्युजिक थिममा छाला इन्स्पिरेसनमा डिजाइन गरिएको क्याजुअल थ्री पिस लुगामा समेत मोडेलहरु सजिएर आउनेछन् । चन्दा श्रेष्ठ, लुना प्रधान र रस्मिला दुमरुले तयार गरेको उक्त डिजाइन १५ देखि २० वर्ष उमेरका युवती लक्षित छ ।

शर्मिला ताम्राकार, संगीता श्रेष्ठ र मीना मोक्तानले क्याजुअल फ्युजन डिजाइनमा लुगा तयार गरेका छन् । उनीहरुको लुगा थ्रीपिस छन् । विभिन्न रंगमा बनाइएका यी लुगाहरु गर्मी यामलाई लक्ष्य गरेर डिजाइन गरिएको उनीहरुले सुनाए । जहाँतहीं लगाउन सकिने उक्त डिजाइनको लुगा इको फ्रेण्डली रहेको शर्मिला दावी गर्छिन् ।

‘हेर्दा सिम्पल लाग्ने हाम्रो डिजाइनको लुगा जहाँतहीं लगाउन सकिन्छ’, उनी भन्छिन् ।निशा भुजेल र सञ्जु श्रेष्ठले अफिस वेयर डिजाइन छानेका छन् । उनीहरुको डिजाइन अफिस थिमअन्तर्गत टेक्सर इन्स्पिरेसनमा छ । उक्त डिजाइनका लुगा अफिससँगसँगै स्मार्ट क्याजुअल मिक्स भएको निशा बताउँछिन् । कोट पाइन्ट र सर्त गरी थ्रीपिस उक्त डिजाइनको लुगा १८ देखि २८ वर्षका युवती एवं महिलाले लगाउँदा बढी आकर्षक देखिने डिजाइनर सञ्जु बताउँछिन् ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1