MENU

सिटिजन्स बैंकको ६२ औँ शाखा मकवानपुरको मनहरीमा

635x90_1

अन्नपूर्ण बुधवार, भदौ २८, २०७४ 562 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६२औं शाखा मकवानपुरको मनहरीमा सञ्चालनमा ल्याएको छ। मंगलबार बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ६२ औँ शाखाको बैंकिङ्ग कारोवारको सुरुवात गरे।

बैंकको शाखा उद्घाटन समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको बाक्लो उपस्थिति थियो।

शाखा उद्घाटनको अवसरमा बैंकले दुई स्थानीय विद्यालयलाई १-१ थान कम्प्यूटर वितरण गर्नुका साथै मनहरी बजारमा आयोजना हुन लागेको दुर्गा उत्सव सम्पन्न गर्नका लागि आर्थिक सहयोग स्वरुप १० हजार प्रदान गरेको छ।

सिटिजन्स बैंक ६२ शाखा, ५९ एटिएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवबाट करिव ३ लाख ५० हजार ग्राहक माझ सेवा दिँदै आएको छ।

साथै आफ्ना ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटिएम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1