MENU

जगदम्बाको ‘हाम्रो घर' मोवाइल एप सार्वजनिक

patan-college

अन्नपूर्ण बुधवार, भदौ २८, २०७४

Share This

635-x-85_1

जगदम्बा सिमेन्ट उद्योगले 'हाम्रो घर' मोवाइल एप बजारमा सार्वजनिक गरेको छ। सिमेन्ट उद्योगको इतिहासमा नेपालमै पहिलो पटक निर्माण सम्बन्धी हरेक जिज्ञासाको समाधान गर्दै जगदम्बा सिमेन्टले ‘हाम्रो घर' मोवाइल एप ल्याएको जनाएको छ।

 

घर निर्माण सम्बन्धी कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसन लगायत सम्पुर्ण उपभोक्ताहरुका लागि उपयोगी जानकारी यो एपबाट लिन सकिने छ। यस्तै एपमा निर्माण सामग्री, सिमेण्टको गुणस्तर, भूकम्प प्रतिरोधी, जगदम्बा सिमेण्टको प्रोफाईलका साथै सिमेण्ट कता किन्ने भन्नेजस्ता उपभोक्ताका लागि आवश्यक जानकारीहरु उपलब्ध हुने उद्योगले जनाएको छ।

उद्योगले जगदम्बा योगदान, जगदम्बा प्रयोग विधि, जगदम्बा जागरण, जगदम्बा आरोहण, जगदम्बा विशेषजस्ता उपभोक्ता केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

हाम्रो घर मोवाइल एप एन्ड्रोइड फोनको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ। चाँडै एप स्टोरमा पनि उपलब्ध हुने जगदम्बा सिमेण्टले जनाएको छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost