MENU

४० हजार घुस लिँदालिँदै अध्यागमन विभागका नायब सुब्बा पक्राउ

patan-college

अन्नपूर्ण बुधवार, भदौ २८, २०७४ 6213 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : अध्यागमन विभाग, कालिकास्थानमा कार्यरत नायब सुब्बा कोषराज भट्टराई घुससहित पक्राउ परेका छन्। भिसा एक्सटेन्सन गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस मागेको गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई रंगेहात पक्राउ गरेको हो।

नायब सुब्बा भट्टराईलाई आयोगको टोलीले सेवाग्राहीको उजुरीका आधारमा बुधबार दिउँसो कालीमाटीबाट घुस रकमसहित पक्राउ गरेको हो । भट्टराईमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2