MENU

राजधानीमा थारु महिलाको धुमधाम 'जितिया' महोत्सव (फोटो फिचर)

patan-college

सहदेव चौधरी बुधवार, भदौ २८, २०७४

Share This

635-x-85_1

काठमाडौं: पति र सन्तानको दीर्घायुसँगै आर्थिक समृद्धिको कामना गर्दै राजधानीमा आदिवासी थारु समुदायका महिलाहरुले धुमधामका साथ जितिया महोत्सव मनाएका छन्।

राजधानीको कमलादीस्थित प्रज्ञा भवन र नेपाल पर्यटन बोर्डको सभा हलमा व्रतालु थारु महिलाहरुले जितमहानको पूजाअर्चना गरी मनाएका हुन्।

कार्यक्रममा कक्षा १२ र एसइइमा उत्कृष्ट अंक ल्‍याउने थारु विद्यार्थीहरुलाई सम्‍मानपत्र प्रदान गरिएको थियो। 

थारु महिला समाज र थारु महिला सभाले संयुक्त रुपमा आयोजना गरेको जितिया महोत्सवमा विशेष सांस्कृतिक कार्यक्रम गरिएको थियो। जसमा थारुको मौलिक तर लोप हुने अवस्थामा रहेको संस्कृति झिझिया नाँच, जटाजाटीन, मान नाच, लठ्ठी नाँच लगायत देखाइएको थियो। 

सन्तानको दीघार्यु र सुस्वास्थ्यको कामना तथा शिशुलाई मृत्युबाट जोगाउन यो पर्व मनाउने परम्परा रहिआएको छ।आश्विन कृष्णपक्षको सप्तमीदेखि सुरु हुने जितिया पावैन (पर्व) नवमीसम्म मनाउने गरिन्छ । उनीहरु जितियाँको अघिल्लो दिन नजिकको इनार, जलासयमा स्नान गरेर जितियाको सुरुवात गर्ने गर्दछन।

विशेष गरी यो दिन उनीहरु जितमहानको कथा सुन्ने गर्दछन । जितिया पर्वमा जितमहानको कथा सुन्नलाई विवाहित महिलाहरु जाने गर्दछन ।

जितमहानले गुफा भित्र छिर्ने र निस्कने खेलमा आफ्नो बुवाको नाम थाहा नपाउदा साथीहरुसँग पराजित भएर बुवालाई भेटन जाँदा सुर्य देवता साक्षात्कार भइ वरदान दिएको धार्मिक कथन रहेको छ।

थारु महिला समाजका पदाधिकारीहरु आफ्‍नो पहिरनमा सामूहिक तस्बिर खिचाउँदै। तस्बिर: सहदेव चौधरी

 मोरङका थारु महिलाहरु आफ्‍नो पहिरनमा सामूहिक तस्बिर खिचाउँदै। तस्बिर: सहदेव चौधरी

थारु चलचित्रकी नायिका सोनु थारुसँग तस्बिर खिचाउँदै थारु महिला समाजका सदस्‍य। तस्बिर: सहदेव चौधरी

थारु महिला सभाका सदस्‍यहरु आफ्‍नो पहिरनमा सामूहिक तस्बिर खिचाउँदै। तस्बिर: सहदेव चौधरी

तस्बिरहरु: सरोज वैजू/सहदेव चौधरी

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost