MENU

कन्चनपुरमा १३ वर्षीय बालकको हत्या

635x90_1

बिष्णु प्रसाद देवकोटा बिहीबार, भदौ २९, २०७४ 5707 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

 महेन्द्रनगर : कन्चनपुरको हल्दुखालमा १३ वर्षीय बालकको हत्या भएको छ। चारदिनदेखि हराइरहेका बालक तीलक चन्दको हत्या भएको अवस्थामा शब भेटिएको हो ।  उनी चारदिन अघि विद्यालयबाटै हराएका थिए । स्कुलको खाजा खाने समयमा हराएका बालक चारदिनपछि स्कुल देखि २ सय मिटरको दुरिमा खोलामा घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। स्कुलदेखि हराएका बालक नजिकै नहरमा नुहाउने क्रममा हराएको हुन सक्ने भनी खोजी गरिएको थियो । तर उनको शव भने हत्या गरेर फालिएको अवस्थामा बुधबार राती फेला परेको प्रहरीले जानकारी दिएको छ । स्थानीय महिलाहरुले साझपख घाँस काट्ने बेला गन्हाएको पाएपछी नजिकै हेर्ने क्रममा शव देखिएको थियो । शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए 

 

स्कुलको खाजा खाने समयमा हराएका बालक चारदिनपछि स्कुल देखि २ सय मिटरको दुरिमा खोलामा घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। स्कुलदेखि हराएका बालक नजिकै नहरमा नुहाउने क्रममा हराएको हुन सक्ने भनी खोजी गरिएको थियो । तर उनको शव भने हत्या गरेर फालिएको अवस्थामा बुधबार राती फेला परेको प्रहरीले जानकारी दिएको छ । स्थानीय महिलाहरुले साझपख घाँस काट्ने बेला गन्हाएको पाएपछी नजिकै हेर्ने क्रममा शव देखिएको थियो । शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

स्कुलबाट हराएको भनी प्रहरीमा परिवारले निवेदन दिएपछि उनको खोजी भइरहेको थियो । शव नचिनिने अवस्थामा छ। अनुहार र अन्य भाग गलिसकेको अवस्थामा छ। शव अहिले घटनास्थलमै रहेको छ। प्रहरीले मृतक चन्दसँगै स्कुलदेखि सगैँ निस्केका आशिष अधिकारीसहित अन्य केहीलाई पक्राउ गरेको छ। शव भेटिएको स्थान नजिकै घर भएका आशिष अधिकारी लगायतले नै हत्या गरेको भन्दै मृतकका आफन्त आक्रोशित बनेका छ्न्।

उनीहरुले अधिकारीको घर घेरेका छ्न् । घरमा ढुङ्गामुढा समेत गरेका छ्न्।अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ। मृतकका परिवारजनले हत्यामा अधिकारीको परिवार नै संलग्न रहेको भन्दै आक्रोशित बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रकाश चन्दले घटनाको अनुसन्धान सुरु गरिएको बताए । उनले केही पक्राउ गरेर अनुसन्धान भइरहेको बताए । पक्राउ परेकाहरुको साथमा हत्या गरिएका तीलक चन्दले कानमा लगाएको सुनको बाली भेटिएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1