MENU

सुन्दरीको गभर्नर बन्ने सपना

635x90_1

एजेन्सी शुक्रवार, भदौ ३०, २०७४ 3225 पटक पढिएको

Share This

635-X-85

९७औं ‘मिस अमेरिका’को ताज २३ वर्षीया सुन्दरी कारा मुन्डले हात पारेकी छन् । ताज जितेपछि उनको सुन्दरता र प्रतिभाको प्रशंसासँगै फिगरको चर्चा चुलिएको छ । कारालाई स्विमसुट सबभन्दा आकर्षक देखिएको प्रतिक्रिया मिलेको छ । ब्युटीफुल बिकिनी, वान पिस सुटमा पनि उनी त्यत्तिकै सुन्दर देखिएकी थिइन् ।

उपाधि जितेसँगै उनको सुन्दरता र आकर्षक फिगरको प्रशंसा हुनथालेकाले यसले आफ्नो आत्मविश्वास अझ उचाइमा पुगेको उनले प्रतिक्रिया दिएकी छन । अमेरिकाको नर्थ डकोटा राज्यकी काराले ५१ जना प्रतिस्पर्धीलाई उछिन्दै मिस अमेरिकाको ताज जितेकी हुन् । निर्णायकहरूको दुई राउन्ड अन्तर्वार्तामा उत्कृष्ट भएपछि उनले स्टेजमा उत्प्रेरक भाषणमात्रै दिइनन्, स्विमसुटमा कलात्मक रूपमा आफ्नो सुन्दरता प्रस्तुत गरी सबैको मन जितेकी हुन् ।

 

ब्राउन विश्वविद्यालयबाट ग्राजुएट गरेकी काराले कानुन विषय पढ्ने उद्घोष गरेकी छन् । उनी प्रखर नृत्यांगना पनि हुन् । राष्ट्रिय नृत्य च्याम्पियन समेत बनेकी उनी नृत्य गर्ने भएकाले नै फिगर सुन्दर र आकर्षक देखिएको उनको विश्वास छ । कोरियोग्राफी समेत गर्दै आएकी कारा ज्याज नृत्यमा पारंगत छिन् ।

जीवनमा आफ्नी आमालाई सबभन्दा महत्त्वपुर्ण प्रेरकका रूपमा लिने गर्छिन् । आमालाई कारा रोल मोडल मान्छिन् । क्यान्सरबाट पीडित उनकी आमाको पटक पटक उपचार भइसकेको छ । जुनसुकै पृष्ठभूमिको भए पनि सपना ठूलो देख्यो भने त्यो पूरा हुन्छ भन्ने कुरामा कारा विश्वास गर्छिन् । आफू सफल हुनुमा परिवारको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।

आफू बस्दै आएको नर्थ डकोटा राज्यमा उनी पहिलो महिला गभर्नर हुन चाहन्छिन् । अमेरिकाका सबै राज्यमा महिलाहरु सरकारी कार्यालयका उच्च तहमा देख्न चाहेको पनि उनले खुलासा गरेकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कटर आलोचनक उनी ग्लोबल वार्मिङ, रिप्रडक्टिभ हेल्थ, ग्रिन हाउस इफेक्टका बारेमा पेरिस क्लाइमेटमा डोनाल्डले गरेको निर्णयलाई गलत भन्दै आएकी छन् । पश्चिमा मिडियाले कारालाई स्विम सुटमा सबभन्दा आकर्षक महिलाका रूपमा चित्रण गर्न थालेका छन् । एजेन्सी

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2