MENU

यी बलिउड सेलिब्रेटीलार्इ फाप्यो फेरेको नाम

635x90_1

अन्नपूर्ण शुक्रवार, असोज २०, २०७४ 3544 पटक पढिएको

Share This

635-X-85

नाम हरेक मानिसको पहिलो पहिचान हो । सहज उच्चारण, सुन्दर शब्द र अर्थले नामको प्रभाव रहन्छ । जसका कारण संसारमा नाम परिर्वतन गर्नेहरू प्रशस्त छन् । यसरी नाम फेर्नेहरू धेरै भए पनि सेलिब्रेटीको चर्चा बढी हुन्छ । बलिउडमा समेत वास्तविक नाम परिवर्तत गरेर चर्चित भएका सेलिब्रेटी थुप्रै छन् । यसरी नाम परिवर्तन गर्नुका रहस्य के हो त ?

बलिउडमा अहिले नम्बर वान नायिकाको दौडमा छिन् कटरिना कैफ । उनको सुन्दरता र अभिनय कौशलको प्रशंसा नगर्नेहरू कमै छन् । हिन्दी चलचित्र बुममार्फत बलिउडमा पाइला राखेकी कटरिना अहिले पूर्वप्रेम सलमान खानसँग टाइगर जिन्दा हैको काममा व्यस्त छिन् । त्यसपछि उनी बलिउड पर्फेक्सनिस्ट आमिर खानका साथ नयाँ चलचित्रको काममा जुट्ने छिन । ‘धुम थ्री,’ ‘जिन्दगी ना मिलेगी दोबारा’, ‘राजनीति’, ‘एक था टाइगर’ लगायतका विभिन्न सफल चलचित्र दिएकी कटरिनाको खास नाम कटरिना तुरकोट्टे हो । तुरकोट्टे उच्चारण गर्न अप्ठ्यारो भएपछि उनले तुरकोट्टेको सट्टा कैफ राखेकी हुन् । संयोग पनि भनौं कैफ राखेपछि उनको करियरले पनि उचाइ लियो । अहिले बलिउडमा उनी यही नामबाट परिचित बनेकी छन् ।

भारतीय मूलकी क्यानेडेली पोर्न स्टार सन्नी लिओनले बलिउडका मूलधारमा आफ्नो पहिचान बनाइसकेकी छन् । पाँच दर्जनभन्दा बढी अश्लील चलचित्रमा अभिनय र त्यत्तिकै संख्यामा त्यस्ता चलचित्रको निर्देशन गरिसकेकी सन्नी पञ्जाबी मूलकी हुन् । सन्नीका बाबु तिब्बतमा जन्मिएका थिए भने आमा हिमाञ्चल प्रदेशमा । सन्नीको जन्म क्यानडामा भयो । उनको वास्तविक नाम करणजित कौर बोहरा हो तर नाम परिवर्तत गरेर उनी सन्नी लिओन बनेकी हुन् ।

मोडलिङबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका जोन अब्राहमले सन् २००३ मा चलचित्र ‘जिस्म’ बाट बलिउडमा पाइला राखेका हुन् । यो चलचित्रले उनलाई बलिउडमा प्रवेश मात्र गराएन उनको रोमान्टिक जीवन पनि सुरु भयो । यही चलचित्रबाट अभिनेत्री विपाशा बसुसँग उनको प्रेमसम्बन्ध सुरु भएको थियो । एक समय यो जोडीलाई बलिउडमा लभ बर्डका रूपमा परिचित थियो । तर यो सम्बन्ध लामो समय टिक्न सकेन । जोनको वास्तविक नाम फरहान थियो । उनले आफ्ना बाबु अब्राहम जोनको नामलाई उल्टो पाल्टो पारेर आफ्नो नामकरण गरेका हुन् । बलिउडमा संघर्षकै दिनदेखि उनी जोन अब्राहम नाममा आएकाले धेरैले उनको वास्तविक नाम थाहा नहुन सक्छ ।

सन् १९९३ मा निर्माण भएको चलचित्र बाजीगरबाट बलिउडमा शिल्पा सेट्ठीले सानदार यात्रा आरम्भ गरेकी हुन् । त्यसअघि उनले ‘गाता रहा मेरा दिल’ नामक अर्को एक चलचित्रमा अभिनय गरेकी थिइन् । तर त्यो चलचित्र प्रदर्शन हुन सकेन । प्रदर्शनमा आएको पहिलो चलचित्र बाजीगरले शिल्पालाई चिनायो । १६ वर्षकै उमेरमा मोडलिङबाट ग्ल्यामर संसारमा प्रवेश गरेकी शिल्पाले किशोरावस्थामा आफ्नो नाम परिवर्तन गरेकी हुन् । उनको वास्तविक नाम हो अश्विनी सेट्ठी । एक न्युमरोलोजिस्टको सल्लाहमा उनले अश्विनीबाट नाम परिवर्तन गरी शिल्पा बनाएकी हुन् ।

बलिउडमा एक्सन स्टारका रूपमा परिचित छन् अक्षय कुमार । पञ्जाबको अमृतसरमा जन्मिएका उनको कुनै समय बलिउडमा चर्चित स्टार राजेश खन्नाको परिवारसँग साइनो गाँसियो । ट्विंकल खन्नासँग वैवाहिक जीवन सुरु गरेर राजेशलाई ससुरा बनाएका अक्षयको वास्तविक नाम राजीव हरिओम भाटिया हो । अक्षय कुमारका रूपमा करियर सुरु गरेपछि उनले पछाडि फर्केर हेर्नु परेन । नाम फेर्नुको कारण बारे उनले केही नभने पनि लामो र सुन्दा त्यति आकर्षक नाम नभएकाले नाम फेरेको बताइन्छ । आफ्नो समयमा बलिउडमा चम्मेका उनका ससुरा राजेश खन्नाको ख्यातिको बिडो उनले थामेका छन् । राजेश खन्नाले पनि आफ्नो नाम परिवर्तन गरेका थिए । उनको वास्तविक नाम जतिन खन्ना हो ।

अक्षय कुमारका समकालीन अनि अनि त्यत्तिकै सफल अभिनेता अजय देवगणले पनि नाम परिवर्तन गरेरका हुन् । दिल्लीमा जन्मिएका उनको नाम विशाल बिरु देवगण हो । उनका दाजु अनिल देवगण चलचित्र निर्देशक हुन् । उनकी पत्नी काजोल मुखर्जीले पनि आफ्नो थर नेलेखेरै चर्चित बनिन् । सुरुमा अजयले पनि आफ्नो थर ‘देवगन’ लेखेका थिए । विवाहपछि परिवारजनको आग्रहमा सच्याएर ‘देवगण’ बनाए । उनले पनि आफ्नो वास्तविक नाम त्यति आकर्षक नभएकाले फेरेका हुन्।

बलिउडमा कसैले आफ्नो पूरै नाम परिवर्तन गरेका छन् भने कसैले छोट्याएका छन् । चर्चित अभिनेता देव आनन्दलाई धर्म देवदत्त शिरीमल आनन्द नाम लामो लाग्यो र देव आनन्द राखे । यो नाम बलिउडमा सम्मानित मानिन्छ । अभिनेत्री रेखाको पूरा नाम भानुरेखा गणेशन हो । उनी पनि नाम छोटो मीठो बनाएपछि चम्केकी हुन् । यस्तै मिथुन दाको नामले चर्चित मिथुन चक्रवर्तीको वास्तविक नाम गौरंग चक्रवर्ती हो । मिथुन चक्रवर्ती बनेपछि बलिउडमा चम्केका उनलाई पछिल्लो समय सम्मानपूर्वक मिथुन दा भन्न थालिएको हो । सन्नी देवलको पुरानो नाम अजयसिंह देवल हो भने बबी देवलको विजयसिंह देवल । उनीहरूका बाबु धरमसिंह देवलले पनि नाम फेरेर धर्मेन्द्र बनेका हुन् । एजेन्सी


पाँच दर्जनभन्दा बढी पोर्न फिल्ममा अभिनय र त्यत्तिकै संख्यामा त्यस्ता चलचित्रको निर्देशन गरेकी सन्नी नियोनको वास्तविक नाम करणजित कौर बोहरा हो । फोर्न फिल्म छाडेर बलिउड प्रवेश गरेकी उनले बलिउडमा समेत आफ्नो पहिचान स्थापीत गर्न सफल भएकी छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2