MENU

ग्ल्यामरस छवि आवश्यक छ

patan-college

अन्नपूर्ण शुक्रवार, असोज २०, २०७४

Share This

635-x-85_1

मोडलिङबाट करियर सुरु गरेकी सपना थापा पछिल्लो समय कोरियोग्राफीमा बढी समय दिन थालेकी छन् । ‘कलेज क्विन नेपाल’, ‘सिन्ड्रेला नेपाल’, ‘एसएलसी प्रिन्सेस’, ‘स्कुल प्रिन्सेस’लगायत विभिन्न सौन्दर्य प्रतियोगितामा कोरियोग्राफी गरिसकेकी सपनाले रामकृष्ण ढकालको भिजाउँछु प्रेम रसैले, हिमाल सागरको रहरहरू, मिलन अमात्यको आँखाबाट बर्सात् छुट्ने, सरोज लामाको चोखो मायालगायत ४० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

डेढ वर्षअगाडि अञ्जु पन्तको गीतमा मोडलिङ गरी यस क्षेत्रमा प्रवेश गरेकी विपना चल्तीकी मोडेलसमेत हुन् । मोडलिङ र कोरियोग्राफीसँगै केही समयअघि उनले गीत पनि रेकर्ड गराइन् । ‘तिमै्र नाउँमा यो जीवन’ बोल गीत रेकर्ड गराई उनले भिडियोसमेत तयार पारेकी छन् । प्रमोद कोइरालाको शब्द तथा संगीत रहेको यस गीतलाई राकेश गुरुङले संगीत संयोजन गरेका छन् । उनी आफैंले मोडलिङ गरेको यो भिडियो दर्शकमाझ आइसकेको छ ।

पहिलो गीत भएकाले गायनमात्रै होइन म्युजिक भिडियो निर्माणमा निकै मेहनत गरेको उनले बताइन् । अर्जुन अधिकारीको निर्देशन, हरि हुमागाईंको छायांकन र निशान घिमिरेको सम्पादन रहेको भिडियोमा विपनालाई समिम खानले मोडलिङमा साथ दिएका छन् । भिडियोका लागि फेसन डिजाइनर कमल मानन्धरले पहिरन डिजाइन गरेका थिए । ‘अहिले मैले मोडलिङ र कोरियोग्राफीमा प्रशस्त काम पाएकी छु’, उनले भनिन्, ‘तर गायनमा पनि रुचि भएकाले गीत रेकर्ड गराएकी हुँ । समय अनुकूल भयो भने अरू गीत पनि गाउने सोचमा छु ।’

तनहुँमा जन्मेकी विपना पाँच वर्षअघि काठमाडौं आएकी हुन् । अहिले सपरिवार काठमाडौंको सामाखुसीमा बस्दै आएकी छन् । मोडलिङ र कोरियोग्राफीसँगै उनले गायनमा पनि हात हालेकी हुन् । भविष्यमा मोडलिङ, कोरियोग्राफीसँगै गायनलाई सकेसम्म एकसाथ अगाडि बढाउने उनको सोच छ । ‘मोडेल, अभिनेत्रीका लागि ग्ल्यामरस छवि आवश्यक छ’, मोडलिङमा ग्ल्यामरस छवि बनाएकी सपना भन्छिन्, ‘ग्ल्यामर भनेको आकर्षण हो । सेलिब्रेटीहरू आकर्षक हुनु दर्शकको चाहना पनि हो।’

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost