MENU

युरोप उप-संयोजकमा प्रधानको उम्मेदवारी

patan-college

पवन पौडेल आइतवार, असोज २२, २०७४

Share This

635-x-85_1

दमौली: जर्मनीको ह्यामबर्ग निवासी तनहुँ डुम्रेका सुरेन्द्र प्रधानले गैर आवासीय नेपाली संघको युरोप उप संयोजकका लागि उम्मेदवारी घोषणा गरेका छन्।

राजधानीमा हुन लागेको संघको आठौं विश्व सम्मेलनमा हाल संघको जर्मनी आईसीसी सदस्य सुरेन्द्र प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनी गैर आवासीय संघ जर्मनीको संस्थापक सदस्यसमेत हुन्।

प्रधानले गैर आवासीय नेपाली जर्मनीको स्थानीय समन्वय परिषद हाम्बर्गको कोषाध्यक्ष हुँदै गैर आवासीय नेपाली संघ जर्मनीको युवा संयोजक तथा प्रवक्ताको जिम्मेवारी पुरा गरेका गरिसकेका छन्। ह्याम्वर्गमा होटल व्यवसायमा सक्रिय प्रधान आफूले युरोपका सबै क्षेत्रको समन्वय गर्न सक्ने बताउँछन्।

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost