MENU

डर

635x90_1

नरेन्द्रकुमार नगरकोटी मंगलवार, असोज २४, २०७४ 381 पटक पढिएको

Share This

635-X-85

कविता

 

देख्नेबित्तिकै मलाई डर लाग्छ
हतियारधारी कुनै हत्याराझैं देखिने कुकुर
न उसले भुक्न नै पर्छ
न घुर्न नै पर्छ
न लखेट्न नै पर्छ
मलाई उस्सैउस्सै डर लाग्छ
सानोमा
जति बेला गाउँमाथिको आकाशभन्दा पर
अर्को आकाश थिएन
म शारीरिक रूपमा कमजोर थिएँ
हो, त्यति बेला नै हो
भुक्दै लखेटेको मलाई
भर्खरै कसैको हत्या गरेर फर्किरहेको त्रस्त युवकझैं भावमा
त्यसै दिनदेखि
जबजब आफ्नोसामु देख्छु कुकुर
मलाई अति अप्रिय लाग्न थालेको हो
चाहे त्यो किन आफ्नै प्रेमिकाकै घरमा होसचाहे त्यो किन भद्र नै देखियोसमलाई त्रस्त पार्ने एक नम्बरको जीव हो कुकुर
तर मैले कहिल्यै कुकुर तिहारको विरोध गरेको छैन
कहिल्यै कुकुरलाई ढुंगा हानेर खेदेको पनि छैन
मलाई लाग्दैन कि कुकुर मेरो शत्रु हो
म अझै पनि कुकुरलाई प्रेम नै गर्छु
यो एउटा जीव हो भनेर नै म प्रेम गर्छु
डर त मलाई सर्पसँग पनि लाग्छ
घस्रिँदै हिँडिरहेको चिल्लो डोरीजस्तो ज्यान
घरको आँगनमै देखेपछि
सम्झन्छु, लप्लपाइरहेको त्यसको जिब्रो
र सम्झीसम्झी आङ जिरिंग हुन्छ
र पनि सर्पलाई म प्रेम नै गर्छु
डर त मलाई मान्छेसँग पनि लाग्छ
अनुहारमा प्रतिविम्बित हुने असली तरंग लुकाउने
र कृत्रिम व्यवहार गर्नसक्ने
ती मान्छेलाई पनि म उत्तिकै प्रेम गर्छु
जत्ति अरू जीवात्मालाई प्रेम गर्छु
अझै पनि
देख्नेबित्तिकै मलाई डर लाग्छ
कुकुरसँग
सर्पसँग
र अझ बढी मान्छेसँग ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2