MENU

अमेरिकामा भीषण डढेलो

635x90_1

एजेन्सी बुधवार, असोज २५, २०७४ 3098 पटक पढिएको

Share This

635-X-85

लस एन्जलस : अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको भीषण डढेलोबाट १० जनाको ज्यान गएको छ । क्यालिफोर्नियाको अंगुर बगानमा बढी मात्रामा डढेलो लागेको हो । दुई दिनयता क्यालिफोर्नियाको हजारौँ हेक्टर क्षेत्रका करिब २० स्थानमा आगो लागेको थियो ।

करिब २० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको छ । हजारौँ स्थानीय नागरिक घर छोडेर भाग्न बाध्य भएका छन् । कतिपय आफैं भाग्न सकेका थिए भने कैयौँलाई प्रभावित क्षेत्रबाट उद्धार गरेर अन्यत्रै राखिएको छ । यहाँको विशेषगरी अंगुर बगानमा सुकेका पात र अंगुरका सुकेका झालले गर्दा बढी मात्रामा डढेलो लागेको थियो । प्रायः अंगुर रहेको क्षेत्रमा बढी क्षति पुगेको छ । डढेलोका कारण प्रायः सबै संरचना ध्वस्त भएका छन् । यसबाट १ हजार ५ सयभन्दा बढी घर जलेर ध्वस्त भएका छन् । यसका साथै थुप्रै स्थानीय संरचनाहरू जलेर खरानी भएका छन् ।

 

 

 

 

क्यालिफोर्नियाको सोनोमा काउन्टीमा सातजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उनीहरूले क्यालिफोर्निया राज्यमा यो पहिलोपटक यति खतरनाक डढेलो लागेको बताएका छन् । आगलागी नियन्त्रणका लागि भएका प्रयास पनि प्रभावकारी हुन सकेका छैनन् । निकै ठूलो आगोको मुस्लोले उक्त राज्यको हजारौँ हेक्टर जमिन ढाकेको छ । डढेलो नियन्त्रण गर्न सहज होस् भनेर सबैतिर बन्द गरिएको छ भने क्यालिफोर्नियाका गभर्नरले आपत्काल घोषणा गरेका छन् । आइतबार रातिबाट अकस्मात् उक्त क्षेत्रमा डढेलो लाग्न शुरु भएको हो । त्यसको कारणको खोजी गरिरहेको प्रहरीले किन र कसरी डढेको शुरु भयो भन्ने बारेमा कुनै तथ्य भेट्न सकेको छैन ।

वाइनका लागि तथा सामान्य उपभोगका लागि पनि क्यालिफोर्नियामा अंगुर उत्पादन गर्ने गरिन्छ । ती बगानमा हजारौँ कामदार छन् । उनीहरूलाई आइतबार राति नै हेलिकोप्टरले सुरक्षित ठाउँमा लगेर उद्धार गरेको छ । आगोको गति निकै तीव्र रहेको छ । तीव्र हावाका कारण आगोको लप्काहरू पनि चाँडै फैलिएका छन् । तातो हावा र सुख्खा मौसमका कारण आगो चाँडै फैलिरहेको छ । अमेरिकाको मौसमसम्बन्धी राष्ट्रिय सेवाले सान फ्रान्सिस्को क्षेत्रमा सुक्खापन बढी भएको र तीव्र गतिमा हावा बहेको कारणले गर्दा त्यस क्षेत्रमा आगो पनि तीव्र गतिमा फैलिनसक्ने चेतावनी सर्वसाधारणमा जारी गरेको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2