MENU

नेपाल सेवा लघुवित्तको बिक्री प्रबन्धक एनएमबी

635x90_1

अन्नपूर्ण बुधवार, असोज २५, २०७४ 110 पटक पढिएको

Share This

635-X-85

काठमाडौं :  नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि छुट्ट्याएको एक लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने कार्यका लागि एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। उक्त नियुक्तिसम्बन्धी सम्झौता मंगलबार निष्काशस तथा बिक्री प्रबन्धकको कार्यालयमा सम्पन्न भएको छ।

 सम्झौतामा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवकुमार मल्ल तथा निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन्। कार्यक्रममा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका वरिष्ठ प्रबन्धक सुविनकाजी श्रेष्ठ र एनएमबी क्यापिटल लिमिटेडका प्रमुख सञ्चालन अधिकृत कमलप्रसाद नेपालको समेत उपस्थिति थियो।

२०७१ मंसिर ८ गते सिन्धुपाल्चोकको फटकसिलाबाट कारोबार सञ्चालन गरेको यो वित्तीय संस्थाको हाल अधिकृत पुँजी १० करोड र जारी पूँजी ६ करोड रहेकोमा संस्थापकबाट चार करोड २० लाख चुक्ता हुने तयारीमा छ। सर्वसाधारणलाई एक करोड ८० लाखको सेयर निष्कासनपछि चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।

हाल वित्तीय संस्थाको सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी तीन जिल्ला कार्यक्षेत्र छन्। हालसम्म आठवटा शाखा कार्यालयमार्फत २१ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ। त्यसैगरी यो वित्तीय संस्थाले हालसम्म चार हजार सात सय सदस्यलाई लघुकर्जाको सेवा प्रदान गरेको छ। चालू आर्थिक वर्षको चैत मसान्तभित्रमै सेयर जारी गरिसक्ने वित्तीय संस्थाले जानकारी दिएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2