MENU

नबिल बैंक सम्मानित

635x90_1

अन्नपूर्ण बुधवार, असोज २५, २०७४ 99 पटक पढिएको

Share This

635-X-85

काठमाडौं :  नबिल बैंक आईएसओ ९००१ः२०१५ द्वारा कुशल व्यवस्थापन प्रणालीका लागि नेपालमै सम्मानित हुने पहिलो कमर्सियल बैंक भएको छ। उक्त सम्मान युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स, यूकेद्वारा प्रदान गरिएको हो।

 आईओएस ९००१ को नवीन संस्करण आईओएस ९००१ः२०१५ अन्तर्गत उत्कृष्ट व्यवस्थापनका सात सिद्धान्तका आधारमा मूल्यांकन हुन्छ। यसअन्तर्गत व्यवस्थापनको ग्राहक प्रतिबद्धता, नेतृत्व क्षमता, जनसहभागिता, पहुँचको प्रक्रिया, सुधार, प्रामाणिक आधारको निर्णय प्रक्रिया तथा कुशल सम्बन्ध व्यवस्थापनका पक्ष रहने कम्पनीले जानकारी दिएको छ।

सम्मानलाई बैंकको व्यवस्थापन अभ्यास तथा प्रक्रियामा आफूहरूले क्रमिक रूपमा गरेको सुधार तथा विवेकशील व्यवस्थापन अनुपालन संस्कृतिलाई निरन्तर पालना गरेको प्रतिफलका रूपमा कम्पनीले लिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले बताए।

नबिल बैंकले आर्थिक वर्ष २०७३÷७४ मा बैंकिङ उद्योगमै तीन अर्ब ६१ करोड उच्चतम मुनाफा गर्न सफल भएको र सेयरमा आम्दानी २६.६५ प्रतिशत र प्रतिसेयर आम्दानी ५८.४१ का साथ आफ्नो वासलात विस्तार गर्दै एक खर्ब ४० अर्ब रुपैयाँ पुर्‍याएको छ। गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश गरी ४८ प्रतिशत लाभांश घोषणा गरेको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2