MENU

निकले मनायो रजत जयन्ती

patan-college

अन्नपूर्ण बुधवार, असोज २५, २०७४

Share This

635-x-85_1

काठमाडौं :  नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक)ले आफ्नो रजत जयन्ती मनाएको छ। २०४९ सालमा स्थापित कम्पनीले हाल पाँच हजार केभीए क्षमतासम्मका विद्युतीय ट्रान्सफर्मर उत्पादन गरी आन्तरिक तथा विदेशी बजारमा बिक्रीवितरण गरिरहेको छ। कम्पनीले आइतबार होटल याक एन्ड यतीमा विशेष कार्यक्रम आयोजना गरी आफ्नो स्थापनाको २५ अ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाएको हो।

कम्पनीले उक्त कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण विद्युतीकरण सामुदायिक संस्थालाई २५ केभीए क्षमताको एक थान विद्युतीय ट्रान्सफर्मर निःशुल्क प्रदान गरेको छ। साथै पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको इलेक्ट्रिकल इन्जिनियरिङ समूहअन्तर्गत अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक इन्जिनियरिङ अध्ययन सस्थानसँग एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। कम्पनीले अहिले एक केभीएदेखि पाँच हजार केभीए क्षमतासम्मका विद्युतीय ट्रान्सफर्मर उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost