MENU

शिवराम उपाधि नजिक

635x90_1

अन्नपूर्ण बिहीबार, असोज २६, २०७४ 347 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : लयमा देखिएका नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठ घनश्याम थापा प्रोफेसनल गोल्डन जुब्ली गल्फ च्याम्पियनसिपको उपाधि नजिक रहेका छन् । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा जारी च्याम्पियनसिपको तेस्रो दिन पनि शिवरामले पाँच अन्डर ६३ खेले । तीनै दिन समान पाँच अन्डर स्कोर कार्ड बनाएका शिवरामको ५४ होलको समाप्तिसँगै कुल १५ अन्डर एक सय ८९ स्कोर छ ।

 

शिवराम दोस्रो स्थानमा रहेका जयराम श्रेष्ठ र भुवन नगरकोटीभन्दा आठ स्ट्रोकले अगाडि छन् । दोस्रो स्थानमा आसीन जयराम र भुवनको कुल सात अन्डर एक सय ९७ स्कोर छ । बुधबार जयमारले इभनपार ६८ र भुवनले दुई अन्डर ६६ खेलेका थिए । तेस्रो स्थानमा आसीन राम मगरको तीन अन्डर दुई सय एक स्कोर छ । रामले बुधबार दुई अन्डर ६६ खेलेका थिए ।

यसैगरी एमेच्योरतर्फ मिथुन राई शीर्ष स्थानमा उक्लिए । बुधबार दुई ओभर ७० खेलेका मिथुनको कुल १० ओभर दुई सय १४ स्कोर छ । अघिल्लो दिन शीर्ष स्थानमा उक्लिएकी महिला गल्फर प्रतिमा शेर्पा दोस्रो स्थानमा झरिन् । बुधबार पाँच ओभर ७३ खेलेकी प्रतिमा दुई स्ट्रोकले पछि छिन् ।

पाँच लाख रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ । प्रतियोगितामा प्रो तर्फको विजेताले ८५ हजार, उपविजेताले ५८ हजार र तेस्रो हुनेले ४५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल चरणमा पुगेका प्रोले पनि आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन् । सूर्य नेपाल गल्फ टुरअन्तर्गत सञ्चालित प्रतियोगिताको मुख्य प्रायोजन नेपालका पहिलो प्रोफेसनल गल्फर घनश्याम थापाले गरेका हुन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2