MENU

मुडा बेचेर मनग्य आम्दानी

635x90_1

बन्दना बम बिहीबार, असोज २६, २०७४ 131 पटक पढिएको

Share This

635-X-85

डडेल्धुरा: डडेल्धुरा जिल्लाको कारागार कार्यालयमा रहेका कैदीबन्दीहरूले मुँडा उत्पादन गरि मनग्गे आम्दानी गर्न थालेका छन । खाली समयलाई सदुपयो गरेर कैदीहरूले मुँडा बनाउदै बेच्दै गर्दा आम्दानीको स्रोत बनएका हुन । जिल्ला कारागारमा रहेका बन्दीहरूले कच्चा समाग्रीहरू खरिद गरि मुँडा बनाउने काममा जुटेका हुन । दिनभर बसेर बितबउनु भन्दा आय स्रोत पनि हुने र समय पनि सदुपयोग हुने हुँदा आफुहरू यस तर्फ आकर्षित भएको कैदीहरू बताउछन ।

बस्ने मुँडा बनाउने सिप सिकेपछि कारागार कार्यालयमा रहेका ४८ जना कैदी बन्दी मध्ये दश बाह्र जनाले दिनहुँ मुँडा बनाएर समय गुजार्नुका साथै अतिरिक्त आम्दानीको श्रोत पनि बनाएका हुन । आफुहरूको खाली खेल खेलेर मात्र दिन विताउदा उपलब्धी केही नहुने हुँदा आफुहरूले बस्ने मुडा बनाउने सिप सिकेर घर खर्च पनि पठाउने गरेको कैदी दिपक बेहराको भनाई छ । उनका अनुसार सिप हामीले सिकेको भए पनि कच्चा पदार्थ जुटाउन भने मुस्किल पर्ने गर्दछ । आफुहरू कारागार भन्दा बाहिर जान नपाउने कारागारले समुन्वय गरेर बाहिरबाट बाँस ,निगाला, टायर आदि मगाउदा महंगो पर्ने बोहराको भनाई छ ।

कैदीबन्दीहरूले आफ्नै लगानीमा बाँस निगालो , आवश्यक साईजको प्लाष्टिकको रसी , सरिया तथा साईकलको टायर जस्ता बिभिन्न सामग्रीहरू प्रयोग गरि दैनिक १देखि दुई सम्म मुँडा बनाएर बिक्रिका लागि राखेका छन । एक व्यक्तिले २ हप्तामा करिब ३५ हजार आम्दानी गरेको कैदहरू बताउछन ।

तर आफुहरूलाई बजार व्यवस्थापन र प्रचारप्रसारको अभाव रहेको उनीहरूको भनाई छ । हामीले सिप त सिक्यौ तर मुडाले खासै बजार नपाउदा चिन्तित बनाएको शिद्धबाहदुर साउदको भनाईछ । उनका अनुसार हामीले केही फाईदा होला भनेर व्यक्तिगत लगानीमा मुडा बनायौ तर अब वेच्ने समस्या भएको साउदको गुनासो छ ।

पाँच सय देखि १ हजार सम्मका बिभिन्न उँचाई साईजका आकर्षक र बलियो मुँडा बनाएर राखे पनि परि श्रम र लागत अनुसारको बजार मूल्य नपाउँदा उद्यमीहरू चिन्तित पनि देखिएका छन । हामी बजारको खोजीमा छौं कसैले बनाएका मुाडालाई विक्रि गरिदिने भए हामीलाई सहज हुने थियो यसका लागि जिल्ला कारागार संग आग्रह गरका छौ । कैदहिरूको अनुरोधलाई पनि आफुहरूले सहज रुपमा लिएको कारागारले जनाएको छ ।

यति मात्र नभई कारागार कार्यालय डडेल्धुरामा हिँउदमा प्रयोग हुने उनी बस्त्रको रुपमा मुक्लर पनि बुन्ने गरेको कैदीहरू बताउछन । जस्लाई जे सिप आउछ त्यही सिपका मख्लर उनी रुमालहरू बुन्दै आम्दानीको स्रोत बनाउदै आएका छन । त्यो पनि तर आन्तरिक खपत बाहेक बाह्य बजारीकरण व्यवस्थापन नहुँदा उद्यमी बन्दीहरूले उत्पादन गरेका सामग्रीहरू बजार सम्म ल्याउन कठिनाई भईरहेको उनीहरूको गनासो छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2