MENU

एलजीले भित्र्यायो नयाँ वासिङ मेसिन

635x90_1

अन्नपूर्ण बिहीबार, असोज २६, २०७४ 564 पटक पढिएको

Share This

635-X-85

काठमाडौं :  एलजी ब्रान्डले नेपालमा दुई नयाँ क्षमताका वासिङ मेसिन भित्र्याएको छ । एलजी ब्रान्डको आधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको सीजी इम्पेक्स प्रालिले बजारमा नयाँ आठ केजी र १० केजी क्षमताका दुईवटा वासिङ मेसिन भित्र्याएको हो । विश्व बजारका साथै नेपाली इलेक्ट्रोनिक्स बजारको अग्रस्थानमा रहँदै आएको एलजीका फ्रन्ट लोडेड वासिङ मेसिनले गुणस्तरीय उत्पादनको रूपमा आफ्नो विस्तार गर्दै आएको छ ।

 इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सको बजारमा प्रविधि र बनावटका हिसाबले अब्बल एलजीको वासिङ मेसिन विद्युत् खपत गर्ने उत्पादनका रूपमा परिचित छ । कम्पनीले दुई वर्षदेखि युरोमोनिटर इन्टरनेसनलले विश्वमा सबैभन्दा बढी होम लन्ड्री बिक्री गर्ने कम्पनीको रूपमा ‘ग्लोेबल नम्बर वान’ को अवार्ड हात पारेको छ । एलजीका उत्पादन नयाँ, सुविधायुक्त र ड्युरेबल छन् । कम्पनीका अनुसार बजारमा कम्पनीका अन्य वासिङ मेसिनले पाएको सफलतासँगै ग्राहकको मागलाई मध्यनजर गरेर आठ केजी र १० केजी क्षमताका दुई नयाँ उत्पादन ल्याएको हो । कम्पनीले बजारमा ल्याएको वासिङ मेसिनमा ‘डाइरेक्ट ड्राइभ इन्भर्टर मोटर’ प्रयोगमा ल्याएको छ । यो वासिङ मेसिनको बजारमा नयाँ प्रविधि भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसले भाइब्रेट कम गुर्नका साथै आवाज पनि शून्य छ ।

वासिन मेसिनमा प्रयोग भएको सिक्स मोसनले कपडालाई ६ फरक तरिकाले धुलाई गरी सफा र सुरक्षित राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ । वासिङ मेसिनमा प्रयोग भएको टर्बोवास सिस्टमले छोटो समयमै कपडा धुनेछ । यसले साधारण वासिङ मेसिनको तुलनामा १५ प्रतिशत विद्युत् र ४० प्रतिशत पानी बचत गर्ने कम्पनीले जनाएको छ । कपडा धोइसकेपछि वासिङ मेसिनमा भएको टु« स्टिम प्रविधि प्रयोग गरी त्यसमा भएका किटाणु, एलर्जी हटाउन सकिने कम्पनीले जनाएको छ ।

आकर्षक डिजाइनका साथै प्रयोगका लागि सहज एलजीका वासिङ मेसिनमा टच एलईडी प्यानल छ । कम्प्रेसरमा १० वर्षको वारेन्टी रहेको १० केजी मोडलको मूल्य एक लाख ३६ हजार नौ सय ९० र ८ केजी क्षमताको मूल्य ९१ हजार नौ सय ९० रुपैयाँ छ । यसका साथै कम्पनीले फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा तीन हजार चार सय ४० रुपैयाँ पर्ने अल-इन-वान सुपर कुकर र सेमी अटोमेटिक एन्ड टप लोड वासिङ मेसिनको खरिदमा एक हजार एक सय रुपैयाँ पर्ने पिजन कराइ निःशुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2